काठमाडौंलाई साइकल सिटी बनाउने रत्नरामको सपना
काठमाडौं : हरेक वर्ष काठमाडौंमा सवारीसाधनको चाप बढ्दै गएको छ । कुुनै समय ‘अलकापुुरी कान्तिपुुरी नगरी’को उपमा पाएको सुुन्दर, शान्त र स्वच्छ काठमाडौं अहिले अत्यधिक सवारी चापकै कारण प्रदूषित, दुुर्गन्धित र कोलाहलपूर्ण सहर बन्न पुुगेको छ । यस दुुरवस्थाबाट काठमाडौं सहरलाई मुुक्ति दिलाउने एउटैमात्र उपाय देखेका छन् साइकल अभियन्ता रत्नराम श्रेष्ठले, काठमाडौंलाई साइकल सहर (साइकल सिटी) बनाइनुुपर्ने ।
अत्यधिक वायुु प्रदूषण, बढ्दो सवारी चाप, अपर्याप्त र साँघुुरा पूर्वाधार, कमजोर ट्राफिक व्यवस्थापन र इन्धनको उच्च खपत न्यूनीकरणका लागि काठमाडौंलाई साइकल सिटीका रूपमा विकास गर्नुु नै सबैभन्दा उपयुुक्त विकल्प रहेको बताउँछन्, काभ्रे जिल्ला साइक्लिङ संघका उपाध्यक्ष तथा काठमाडौं साइकल सिटीका संस्थापक सदस्य र धुुलिखेल साइक्लिङ क्लबका अध्यक्ष श्रेष्ठ ।
‘साइकल चढ्नुु स्वास्थ्यका लागि मात्र फाइदाजनक छैन, धेरै कारणले काठमाडौं सहरका लागि उपयुुक्त पनि छ’, साइकल अभियन्ता श्रेष्ठ भन्छन् । साइकल अन्य सवारी साधनको तुुलनामा सस्तो पर्ने, वातावरण प्रदूषण नहुुने, धेरै ठाउँ नओगट्ने, सानो बाटोमा पनि चलाउन सकिने, बिनाइन्धन चल्ने भएकाले साइकलले मुुलुुकको आर्थिक विकासमा पनि महŒवपूर्ण भूमिका निर्वाह गर्ने अभियन्ता श्रेष्ठ बताउँछन् ।
काठमाडौंलाई साइकल सिटी बनाउन सबैभन्दा पहिले ‘साइकल संस्कृति’ विकास गर्नुुपर्ने आवश्यकता उनले औंल्याए । ‘केही वर्षअघिको मात्र कुुरा गर्ने हो भने काठमाडौंमा साइकल चढ्ने मानिस धेरै नै देखिन्थ्यो तर अहिले बाटोमा साइकल चढ्ने मानिस भेट्न गाह्रो छ । त्यसैले सबैभन्दा पहिले साइकल चढ्ने प्ररेणा जगाउन साइकल संस्कृति विकास गर्नुुपर्ने आवश्यकता छ’, श्रेष्ठ भन्छन्, ‘यसका लागि साइकल लेनको विकास, साइकलमा लगाउँदै आएको भन्सार छुुट, स्वदेशमै साइकल उत्पादनका लागि प्रोत्साहन र साइकलको बीमाको व्यवस्था गरिनुुपर्छ ।’
अहिले काठमाडौंमा साइकल चलाउन सकिने अवस्था नै नरहेको श्रेष्ठ बताउँछन् । ‘काठमाडौंमा साइकल चलाउने बाटो नै छैन । ‘साइकल लेन’ नहुुँदा साइकल चलाउनेले दुुःख खेप्नुु परिरहेको छ । अन्य सवारीले पेल्ने र धूवाँधूलोको सास्ती खेप्नुु परेपछि साइकलयात्री हतोत्साही हुुनुु परेको छ’, उनले भने । अहिले दैनिक रोजीरोटीका लागि दौडधुुप गर्ने वर्ग र अर्को रहरका लागि मात्र साइकल चढ्ने वर्गले साइकल चढ्ने गरेका छन् । उनले दैनिक रोजीरोटी र गुुजाराका लागि साइकलमा यात्रा गर्ने वर्गका साथै नेतृत्व तहमा रहेकालाई पनि अभियानमा समेट्नुुपर्ने बताए ।
श्रेष्ठले हरेक शुुक्रबार ‘साइकल डे’का रूपमा अगाडि बढाउनुुपर्नेमा पनि जोड दिए । हप्ताको एक दिन साइकल चलाएर अफिस आउजाउ गर्ने नियम बनाइनुुपर्ने योजना सुुनाए । साइकल सिटी अभियानलाई मूर्त रूप दिन काठमाडौं महानगरपालिकामा साइकल बोर्ड तत्काल गठन गर्नुुपर्ने उनी बताउँछन् । बोर्ड गठन भएपछि विभिन्न अध्ययन अनुुसन्धानका साथै यससम्बन्धी काम अगाडि बढ्ने उनको विश्वास छ । साइकल बोर्ड बनाउन महानगरपालिका सकारात्मक देखिएको र पशुुपतिदेखि टेकुुसम्मको पशुुपति करिडोरमा साइकल लेन बनाउने काम अगाडि बढेको उनले बताए ।
कोजूले साइकल सिटीको अभियान गत वैशाखमा भएको स्थानीय निकायको चुुनावअगाडि थालेका हुुन् । साइकल सिटीको अवधारणा बोकेर विभिन्न राजनीतिक दलको घरदैलोमा पुुगेका उनको कुुरालाई धेरैले हावामा उडाए । कतिले सुुनेको नसुुन्यै गरे । अन्तमा केशव स्थापितको माध्यमबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार विद्यासुुन्दर शाक्यले त्यो अवधारणालाई आफ्नो अवधारणा बनाए । उनले चुुनावका बेला काठमाडौं सहरलाई साइकल सिटी सहरका रूपमा विकास गर्न २१ बुुँदे अवधारणा सार्वजनिक गरे । साइकल सिटीको अवधारणा दिएका एमाले उम्मेदवार शाक्यले मेयरमा बाजी पनि मारे । तर, मेयर भएपछि त्यो अभियानलाई सोचेअनुुरूप अगाडि बढाउन नसकेको श्रेष्ठको गुुनासो छ ।
‘मेयर साबका प्राथमिकतामा धेरै काम होलान् तर हामीले उहाँबाट जुुन सहयोगको अपेक्षा गरेका थियौं, त्यो कामले तीव्रता पाउन सकेको छैन । साइकल सिटीका लागि सबैभन्दा पहिले साइकल लेन र साइकल स्ट्यान्ड निर्माण हुुनुुपर्छ’, उनले भने । उनले साइकल सिटी र संस्कृतिका लागि काम गर्दै आएका नेपाल साइक्लिङ संघ, काठमाडौं साइकल सिटी र ग्लोबल साइकल फाउन्डेसनबीच समन्वय र एकता नहुुँदा एजेन्डा ओझेलमा परेको बताए ।
श्रेष्ठले यो अभियानलाई सशक्त रूपमा अगाडि बढाउन संरक्षण तथा पर्यावरणविद् डा. प्रह्लाद योञ्जनको सम्झनामा हरेक वर्षको कात्तिक १४ गते काठमाडौंदेखि धुुलिखेलसम्म बृहत् साइकल ¥याली आयोजना गर्न लागिएको जानकारी पनि दिए । धुुलिखेल साइक्लिङ क्लबको आयोजनामा हुुने उक्त कार्यक्रममा एक हजारभन्दा बढी साइकलयात्री सहभागी हुुने विश्वास उनले व्यक्त गरे । कोजूले पर्यावरणविद् योञ्जनको दुुर्घटनामा निधन भएको कात्तिक १४ गतेलाई ‘साइकल दिवस’ घोषणा गरिनुुपर्ने माग पनि गरे ।