ओम चाबो विरो ईन्डष्ट्रिज उद्योगमा मजदुरको मृत्यु

 ओम चाबो विरो ईन्डष्ट्रिज उद्योगमा मजदुरको मृत्यु

वीरगन्ज : बाराको परवानीपुरको चैनपुरस्थित ओम चाबो विरो ईन्डष्ट्रिज उद्योगमा कार्यरत एक भारतीय कामदारको मृत्यु भएको छ । उद्योगमा काम गर्ने भारत विहारको मोतीहारी नजिकै बेलहिया घर भएका २८ बर्षीय प्रकाश सिंहको मृत्यु भएको हो ।

शनिबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म १२ घण्टा काम गरेका सिंह शनिवार राति खाना खाएर आफनै क्वाटरमा सुत्नुभएको थियो । आइतवार बिहान उठाउन जाँदा सिंह मृत अवस्थामा भेटिएको उद्योगका मजदुर गुडडु सिंहले जानकारी दिनुभयो । मजदुर सिंहलाई मृत देखेर उनका काका र कामदारहरुले कारखाना व्यवस्थापन पक्षलाई जानकारी गराएका थिए ।

खाना खाएर राम्रैसँग सुतेका व्यक्ति आइतवार बिहान अचानक मृत फेला परेपछि घटना रहस्यमय बनेको मजदुरहरुले बताएका छन । मजदुर सिंह मृत अवस्थामा भेटिएपछि मजदुरहरुले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उद्योग परिसरमा पुगेर घटनाबारे अनुुुसन्धान गरिरहेको प्रहरी चौकी परवानीपुरका प्रहरी नायव निरिक्षक रुपक मैनालले जानकारी दिनु भयो ।

शव पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखिएको छ ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.