खाल्डोमा डुबेर एक बालिकाको मृत्यु
बैतडी : दार्चुलाको शैल्यशिखर नगरपालिकामा खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो बाटोमा हिड्ने क्रममा चिप्लेर खाल्डोमा पर्दा हर्क बहादुर खडायतकी १० बर्षीया छोरी अनिषा खडायतको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक लालबहादुर खड्काले जानकारी दिनुभयो ।
३० फिट जति गहिरो खाडलमा पानी भरिएको र सोही खाडलमा परेर बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाका लागि सीजीजीसी कम्पनीले बालुवा र गिट्टी निकाल्दा सो खाडल बनेको र सोही खाडलमा डुबेर बालिकाको मृत्यु भएकाले मृतकका आफन्तले क्षतिपूर्तीको माग गरेका छन् ।
क्षतिपूर्ती नपाउँदा सम्म शव नउठाउने भन्दै मृतकको बालिकाको शव घटनास्थलमै रहेको निमावि बारीलकाका शिक्षक लोकेन्द्र खडायतले बताउनुभयो।