निर्वाचनमा असयोग गर्नेलाई कांग्रेसले गर्यो कारवाही
पोखरा : नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ ले छ जनालाई कारवाही गरेको छ । स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र प्रचारप्रसार समितिमा रहेर काम गरेको भनी उनीहरुलाई कारवाही गरिएको समितिका सभापति पोषनाथ शर्माले जानकारी दिनुभयो ।
कारबाहीमा पर्नेमा माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकका अध्यक्षका बागी उम्मेदवार बेलबहादुर गुरुङ, उहाँका प्रचारप्रसार समितिका संयोजक मीनबहादुर गुरुङ र सदस्य तिलबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका–७ लुम्लेका वडाध्यक्षका बागी उम्मेदवार प्रेमबहादुर गुरुङ, प्रस्तावक कमलबहादुर गुरुङ र समर्थक हितमान गुरुङ छन् ।
उनीहरुलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको सभापति शर्माले बताउनुभयो । रासस