निशानमा नयाँ नेतृत्व
काठमाडौं : राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निशान) को प्रारम्भिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।साधारणसभाले ओमप्रकाश ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । निशानको उपाध्यक्षमा रामेश्वर चौलागाई र रमेशचन्द्र लामिछाने निर्वाचित हुनुभएको छ ।
त्यस्तै महासचिवमा सौर्य आचार्य, सचिवमा अरण पौडेल र राजन घिमिरे निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा अमरबहादुर गिरी निर्वाचित हुनुभएको छ ।
सदस्यमा चुडामणि पौडेल, भरत राई, महेश केसी, अरुण प्रधान, प्रकाश नगरकोटी, मनोज भट्टराई, राजन श्रेष्ठ, दिनेश दंगाल निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा बोल्दै परराष्ट्रविद डा राजन भटट्राईले राष्ट्रिय हित अनुकुल छिमेकी मुलुकसँग सम्बन्ध स्थापित गर्नुपर्ने बताउनुभयो । ‘सम्बन्ध दुवै छिमेकीसँग बराबरी हुनुपर्छ’ उहाँले भन्नुभयो-‘देशको विदेश नीतिले देशको विकासमा ठूलो प्रभाव पार्छ' उहाँले भन्नुभयो । अबको शिक्षा आधुनिक, व्यवहारिक हुनुपर्ने जोड दिदैँ डा भट्टराईले राष्ट्रियता र नैतिक शिक्षा दिन निजी विद्यालय छुट्न नहुने बताउनुभयो ।