राजाराम गौतम अन्‍नपूर्ण पोस्ट्को सम्पादक नियुक्त

राजाराम गौतम अन्‍नपूर्ण पोस्ट्को सम्पादक नियुक्त

काठमाडौं : नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रलिद्वारा प्रकाशित अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकको सम्पादकमा राजाराम गौतम नियुक्त हुनु भएको छ।प्रधान सम्पादक युवराज घिमिरेले शुक्रबार राजीनामा दिएपछि बसेकाे नेटवर्कको बोर्ड बैठकको निर्णय अनुसार आइतबार गौतम सम्पादक नियुक्त हुनु भएको हो। दुई दशकदेखि पत्रकारितामा सक्रिय गौतम अन्नपूर्ण मिडिया ग्रुपकै ‘अन्‍नपूर्ण टुडे’ साप्ताहिकको सम्पादक हुनुहुन्छ। अन्नपूर्ण रेडियोको स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालिसक्नु भएका गौतम राजनीति, सुशासन र विकासका मुद्दामा विशेष दख्खल राख्नु हुन्छ। सम्पादक गौतमले यसअघि कान्तिपुर दैनिक र नेपाल म्यागजिनमा पनि वरिष्ठ संवाददाता भएर काम गरिसक्नु भएको छ।

आइतबार कर्पोरेट टावर, तीनकुनेमा विशेष कार्यक्रम गरेर अन्नपूर्ण पोस्ट्का नायब सम्पादक मनोज दाहालले नव नियुक्त सम्पादक गौतमलाई स्वागत गर्नुभयो। कार्यक्रममा नेपाल न्युज नेटवर्क इन्टरनेशनलल प्रालिका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नियुक्तिपत्र प्रदान गर्दै नवनियुक्त सम्पादक गौतमलाई स्वागत गनुभयो भने अन्नपूर्ण पोस्ट्का सिइओ सञ्जयचन्द्र बस्नेतले पुष्पगुच्छा दिएर सम्पादक गौतमलाई स्वागत गर्नुभयो।

नवनियुक्त सम्पादकको स्वागतका लागि आयोजित कार्यक्रममा नेपाल न्युज नेटवर्क इन्टरनेशनलका निर्देशक सच्चन थापा, एपीवान एचडी टेलिभिजनका निर्देशक लक्ष्मी पौडेल, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर ठाकुर बेल्वासे, वितरण विभागका प्रमुख राम भट्टराई, मानव संशाधन विभागका प्रमुख सुदमकुमार सिजापती, मार्केटिङ विभागका प्रमुख मानस घिमिरेसँगै समाचार शाखाका ब्यूरो प्रमुख र सम्पूर्ण अन्नपूर्णकर्मी उपस्थिति थियो।
नेपाल न्युज नेटवर्क इन्टरनेशनल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक क्याप्टेन थापाले नवनियुक्त सम्पादक गौतमलाई बधाई तथा शुभकामना दिदैँ भन्नुभयाे,  ‘उहाँको कार्यकाल सफल रहोस्, मंगलमय शुभकामना ।’

गौतमलाई सम्पादक नियुक्त गरेर अन्नपूर्ण पोस्ट्ले नयाँ पुस्तालाई सम्पादक बन्ने ढोका खुला गरेको दाबी अध्यक्ष थापाको छ। ‘तपाईंहरु सबै युवा पत्रकार हुनुहुन्छ। यो निर्णयबाट युवा पत्रकारका लागि सम्पादक बन्ने ढोका खुलेको महसुस गरेको छु’, अध्यक्ष थापाले भन्नुभयो।

युवा पुस्तालाई सम्पादकीय नेतृत्वमा पुर्याएर अन्नपूर्ण ग्रुपले चुनौती लिएको थापाले उल्लेख गर्नुभयो। ‘नेपालमा युवा पुस्ताको सम्पादकीय नेतृत्व थिएन, हामीले एउटा चुनौती लिएर जिम्मेवारी सुम्पिने निर्णय गर्यौँ’, अध्यक्ष थापाले भन्नुभयो, ‘तपाईंहरुको पूर्ण सहयोग चाहिन्छ, त्यसपछि मात्र अन्नपूर्ण मिडिया ग्रुपको जेठो सदस्य अन्नपूर्ण पोस्ट्लाई सफल रुपमा लान सक्नु हुनेछ।’

अध्यक्ष थापाले नवनियुक्त सम्पादक गौतमलाई स्वागत गर्दै पूर्व सम्पादक युवराज घिमिरेको प्रशंसा गर्नुभयो। ‘युवराज घिमिरे नेपालको गहना हुनुहुन्छ। युवराज घिमिरे लाखौँ होलान्। तर, उहाँ चाहिँ पृथक युवराज घिमिरे, सम्पादक युवराज घिमिरे हो। उहाँले आफूलाई साउथ एसियामै उत्कृष्ट पत्रकारका रुपमा स्थापित गर्नुभयो’, घिमिरेको प्रशंसा गर्दै थापाले भन्नुभयो, ‘उहाँले कहिल्यै पनि आफूलाई माथिल्लो सम्पादक बनाउन चाहनु भएन, सधै रिपोर्टर नै भएर हिड्न चाहनु हुन्थ्यो। उहाँलाई फलो गर्यौँ भने त्यो हाम्रा लागि सफलताको बाटो बन्न सक्छ। अन्नपूर्णलाई यो लेभलमा पुर्याउनु भएकोमा उहाँलाई धन्यवाद।’


स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त सम्पादक गौतमले नेपालको छापा पत्रकारिताको सबैभन्दा उच्चतम नेतृत्व आफ्नो काँधमा आएको बताउनुभयो। ‘छापा पत्रकारिताको सबैभन्दा उच्चतम नेतृत्व गर्ने जिम्मेवारी मेरो काधमा आएको छ। म जिम्मेवार र गम्भीर भएर अगाडि बढ्ने प्रण गर्दछु’, नवनियुक्त सम्पादक गौतमले भन्नुभयो, ‘पत्रकारिताको विकास द्रुत गतिमा अगाडि बढेको छ। हामी सामुहिक धारणाले अगाडि बढ्यौँ भने सफलता पाउन सकिन्छ भन्नेमा म विश्वस्त छु।’

उहाँले व्यक्तिका हिसाबले आफ्नो दायित्व भए पनि सामुहिक नेतृत्वका साथ अगाडि बढे मात्र सफलता प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो। ‘व्यक्तिका हिसाबले मेरो दायित्व बढी छ। म नेतृत्वका लागि तयार छु। तर, हामी सामुहिक नेतृत्वको हिसाबमा अगाडि बढौँ’, सम्पादक गौतमले भन्नुभयो।

सम्पादक गौतमले आफूसँग काम गर्ने जोश भएको उल्लेख गर्दै अन्नपूर्णलाई यहाँसम्म ल्याउन युवराज घिमिरेले खेल्नु भएको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो। ‘युवराज घिमिरेले अन्नपूर्ण पोस्ट्लाई यहाँसम्म ल्याउन खेल्नु भएको भूमिकाप्रति धन्यवाद दिन्छु’, सम्पादक गौतमले भन्नुभयो, ‘अझ यो अवस्थाबाट अन्नपूर्णलाईमाथि लानका लागि नेतृत्व स्वीकार गरेको हुँ। यथास्थितिमा अन्नपूर्ण पोस्ट्लाई राख्न म आएको होइन। यसका लागि मलाई टिमको सहयोग चाहिन्छ।’

नवनियुक्त सम्पादक गौतमले आफूलाई सम्पादक जस्तो गरिमामय पदमा नियुक्त गर्नुभएकोमा नेपाल न्युज नेटवर्कका अध्यक्ष र परिवारप्रति विशेष आभार प्रकट गर्दै सम्पूर्ण सहकर्मीलाई धन्यवाद दिनुभयाे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.