आफैँ ग्राहक बनेर प्रहरीले पक्राउ गर्‍यो नक्कली नोट कारोबारी

आफैँ ग्राहक बनेर प्रहरीले पक्राउ गर्‍यो नक्कली नोट कारोबारी

विराटनगर : प्रहरीले आफैँ ग्राहक बनेर विराटनगर महानगरपालिका ९ बाट नक्कली नोटको कारोबारमा संलग्न गिरोहका दुई जनालाई पक्राउ गरेको छ।

विराटनगर ६ का २२ वर्षीय संगीत महतो र विराटनगर ७ का २१ वर्षीय सुमन तोलाङ्गीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताउनु भयो। दुबै जनालाई प्रहरीले आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ। पक्राउ परेकाले गर्दै आएको नक्कली नोट कारोबारका बारेमा जानकारी दिंदै भण्डारीले विराटनगरमा यसको कारोबार गर्ने ठूलो समूह सक्रिय रहेको पत्ता लागेको बताउनु भयो।

पक्राउ परेका साथबाट पाँच सय दरका एक लाख ७४ हजार रुपैयाँ नक्कली नोट बरामद भएको छ। एसपी भण्डारीका अनुसार पक्राउ परेका मध्ये महतोका साथबाट पाँच सय दरका एक सय ५० थान गरेर ७५ हजार रुपैयाँ र तोलाङ्गीका साथबाट पाँच सय दरका एक सय १८ थान गरेर ९९ हजार रुपैयाँ नक्कली नोट फेला परेको हो। बरामद नोट थप परीक्षणका लागि प्रहरीको ल्याब र राष्ट्र बैंक पठाउने तयारी गरिएको जानकारी उहाँले दिनु भयो। कारोबारका क्रममा प्रयोग गरिँदै आएको दुईवटा मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुबै जना लामो समयदेखि नक्कली नोटको कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ। उनीहरु विरुद्ध आइतबार जिल्ला अदालत मोरङबाट खोटा चलन मुद्धामा म्याद थप गरेर कानुनी कारवाही अघि बढाउन बाँकी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यो मुद्दामा दोषी ठहर भएमा १० वर्षसम्म कैद सजाय हुने कानुनी प्रवधान छ।

‘विराटनगरमा नक्कली नोटको कारोबारमा ठूलो गिरोह सक्रिय रहेको पाइएको छ,’ भण्डारीले भन्नुभयो, ‘दुई जनालाई पक्राउ गरेपछि अन्य व्यक्ति फरार भएका छन््।’ पक्राउ परेकासंगै मिलेर कारोबार गर्ने सबै व्यक्तिको नाम र ठेगाना खुलिसकेको बताउँदै उहाँले भन्नुभयो, ‘संगै कारोबार गर्ने साथीहरु पक्राउ परेपछि अरु फरार भएका छन्। फरारको खोजी तीव्र पारिएको छ।’

यस्ता नोट कारोबारीको सञ्जाल तोड्न प्रहरीले विशेष अप्रेशन संचालन गरेको जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.