आईजीपी, एआईजी र डीआईजीलाई गृहमन्त्रीको यस्तो ‘होमवर्क’

आईजीपी, एआईजी र डीआईजीलाई गृहमन्त्रीको यस्तो ‘होमवर्क’

काठमाडौं : नेपाल प्रहरीलाई संघीय संरचनामा कसरी लाने भन्ने विषयमा गृहमन्त्री र प्रहरीका उच्च अधिकारीबीच छलफल भएको छ। आइतबार गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रहरी नायव महानिरीक्षक (डीआईजी) र त्यस भन्दा माथिका अफिसरबाट यसबारे सुझाव लिनुभएको छ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी संगठनको क्यारियर प्लान कस्तो बनाउनुपर्छ भन्नेबारे लिखित सुझाव दिन सबै
अफिसरलाई आग्रह गर्नुभएको छ।

‘मानौं तपाई संगठन प्रमुख हो, तपाईले आफ्नो फोर्सको क्यारियर प्लान कस्तो बनाउनुहुन्छ गृहकार्य गरेर दिनुस्,’ गृहमन्त्री शर्माले भन्नुभयो, ‘कार्यसम्पादन मूल्यांकनलाई वैज्ञानिक बनाउन र बढुवा प्रक्रिया निष्पक्ष बनाउन के गर्नुपर्छ र पारदर्शीता कसरी संभव छ ? लिखीत सुझाव दिनुस्।’

‘तपाई आफ्नो संगठनलाई कस्तो बनाउन चाहनुहुन्छ ?’ गृहमन्त्री शर्माले भन्नुभयो, ‘सरुवामा क्यालेन्डरेको कुरा आएको छ, कस्तो क्यालेन्डर बनाएपछि हामी सबैले आफ्नो प्रष्ट मार्गचित्र देख्न सक्छौं ? आ–आफ्नो तरिकाले त्योे सुझाव सिधै मलाई दिनुहोला।’

सँगै मन्त्री शर्माले सूचना र डाटा सेन्टर व्यवस्थित गर्नका लागि प्रहरीलाई प्रादेशीक संरचनामा लैजाँदा आवश्यक साधन, स्रोत र जनशक्तिको अवस्था र आवश्कताबारे वर्कआउट गरेर योजना बनाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनुभएको छ।

प्रहरीलाई संघीय संरचनामा कसरी लैजाने भन्नेबारे प्रहरी नायव महानिरीक्षक र सो भन्दा माथिका प्रहरी अफिसरले गृहमन्त्री शर्मालाई सुझाव दिनुभएको छ।

प्रहरी अधिकृतहरुले ३० बर्षे सेवा अवधि हटाउनुपर्ने, उमेरहद ६० बर्ष कायम गर्नुपर्ने प्रदेश र केन्द्रीय प्रहरीको पोशाक एउटै हुनुपर्ने लगायत सुझाव दिनुभएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.