पूर्व प्रधानमन्त्री नेपालको जीप तोडफोड गर्नेलाई कार्वाही गर्न माग

पूर्व प्रधानमन्त्री नेपालको जीप तोडफोड गर्नेलाई कार्वाही गर्न माग

काठमाडौ : नेकपा एमालले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको जीप तोडफोडमा संलग्न दोषीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग गरेको छ । नेता नेपालले ३९ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा प्रयोग गर्नुभएको बा.५.च २७५० नम्बरको टेरिस जीपलाई शनिवार राति मन्थली नगरपालिकामा पार्किङ गरिएको स्थलमा तोडफोड गरिएको थियो ।
घटनाप्रति एमालेको गंम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सचिव कृष्णगोपाल श्रेष्ठले जारी गरेको प्रेस बिज्ञप्तिमा निन्दा गरिएको छ । बिज्ञप्तिमा भनिएको छ ‘पार्टी केन्द्रीय कार्यालय घटनामा संलग्न दोषीहरुलाई तत्काल कडा कानुनी कार्वाही गर्न माग गर्दछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.