नगरपालिकाको ‘एक घर १० बिरुवा’ अभियान

नगरपालिकाको  ‘एक घर १० बिरुवा’ अभियान

जाजरकोट : जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाले प्रत्येक बर्ष एक घरले दश विरुवा रोप्नुपर्ने निर्णय गरेको छ। बन संरक्षणका लागि भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ।

नगरपालिकाले ५ बर्ष भित्र नगर क्षेत्रका जंगलहरु हरियाली बनाउने नीति पारित गरेको छ। विरुवा नरोप्नेलाई नगरपालिकाले दिने सेवाबाट बञ्चित गर्ने निर्णय समेत भएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘वन विनासका कारण बाढी पहिरोको जोखिम बढ्दै गएको छ, पानीका मुहानहरु सुक्दै गएका छन् र जंगली जनावरहरु समेत लोप हुन थालेकोले हामीले यसलाई प्राथमिकतामा राखेका हौं।’

यस्तै नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि विशेष कार्यक्रम गर्ने, बालमृत्युदर घटाउनुका साथै सुत्केरी भत्ता दोब्बर बनाउने निर्णय समेत गरेको छ। नगरपालिकाको निर्णय अनुसार अब देखि स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेलाई नगरपालिकाले दुई हजार रुपैया भत्ता उपलब्ध गराउने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.