हात्ती गाउँ पसेपछि स्थानीयमा त्रास
बर्दिबास : गाउँमा जंगली हात्ती पसेपछि महोत्तरीको बर्दिबासका स्थानीय त्रस्ति भएका छन्। बर्दिवास नगरपालिकाको गौरीवास क्षेत्रमा जङ्गली हात्तीको आतङ्कले स्थानीय आजित भएका हुन्।
गत वर्षमात्र घर भत्काउँदै बालीनाली नोक्सान गरेका जंगली हात्ती फेरि गाउँ पस्दा स्थनीयमा त्रास बढेको हो। गौरीबास पाटुका दिलिपराज थापाले भने, ‘६-७ महिना अघि वाक्क दिक्क बनाएको जङ्गली हात्तीले फेरि पछिल्लो एकसाता यतादेखि दुःख दिन थालेको छ।’
गौरीवासको पर्साहीधाप, राजवास, कालापानी, पाटु र गौरीडाँडासहितका बस्तीमा जङ्गली हात्तीको आतङ्क फेरि बढेको हो। गत बुधबार पर्साही धापमा एउटा घर भत्काएर तलतिर झरेको जङ्गली हात्तीले शुक्रबार राति गौरीडाँडाका लालबहादुर घिसिङ्को घरको भित्ता ढालेको छ।
यसअघि पर्साहीधाप, रजवास, कालापानी र पाटुमा जङ्गली सयौं फलपूmलका नयाँ बिरुवा उखेल्दै बालीनाली नोक्सान गरेको थियो। हात्ती गाउँ पस्यो भनेपछि अहिले गौरीडाँडामा सर्वसाधारण आतङ्कित भएका छन्।