पिकअप दुर्घटना हुँदा चारको मृत्यु

पिकअप दुर्घटना हुँदा चारको मृत्यु

बागलुङ : बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भिर घाइते भएका छन्।

जलजलादेखि ग्वालीचौरतर्फ आउदै गरेको ध १ ज १८४ नम्बरको जिप बडिगाड गाउँपालिका वडा नम्बर ५ को वादीप भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटनामा वडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका हुमेन काउचा, वडा नं. ८ सिमाकका मुक्त पाइजा, रणसिंहकिटेनीका नरवहादुर शेर्वुजा र गाडिचालक वडिगाड ४ जलजलाका तुलवहादुर पुनको ज्यान गएको छ।

घाइते भएका वडिगाड वडा नंं ८ का रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहका टेकवहादुर पाइजा र सोहि स्थानका दिपशिखा पाइजाको अवस्था गम्भिर रहेको छ। अन्य घाइते हुनेहरुमा बडिगाड गाउँपालिका वडा नं. ८ कै बालमति पाइजा, दिनेश पाईजा र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आउनुभएका भिमवहादुर श्रीस रहनुभएको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र ग्वालीचौरमा उपचार भैरहेको छ । घाइतेको कसैको टाउको फुटेको, कसैको मेरुदण्ड भाँचिएको तथा केहिको हात खुट्टा भाँचिएको छ ।

दुर्घटनामा परि मृत्यु भएकाहरुको परिचय खुल्न सकेको छैन। जिप सडकदेखि करिब आठ सय मिटर तल खसेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले जानकारी दिनुभयो ।

घाइते मध्य धेरैको अवस्था गम्भिर भएकाले तत्काल हेलिकप्टर पठाउँन गृहमन्त्रालय समक्ष माग गरिएको पाइजाले जानकारी दिनुभयो। ‘सडकदेखि खसेको जिप दर्जनौ टुक्रा परेकाले अवस्था निकै कहाली लाग्दो देखिएको छ, अहिले घटनास्थलदेखि घाइतेको उद्धार गरी ग्वालीचौर स्वास्थ्य चौकीमा लिएका छौ, उहाँले भन्नुभयो, तत्काल हेलिकप्टर पठाउन प्रशासन मार्फत आग्रह गरेका छौ, हेलिकप्टर नपठाए घाइतेहरु अवस्था थप जटिल बन्न सक्छ ।'

बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गृह मन्त्रालयमा हेलिकप्टरका लागि माग गरिएकाले तत्काल हेलिकप्टर घटनास्थल तर्फ जाने तयारीमा रहेको बताउनुभयो। ‘हामीले घटना लगत्तै आर्मी र गृहसँग कुरा गरिसकेका छौं, उहाँले भन्नुभयो, अब घाइतेको उद्धारका लागि केहीबेरमै हेलिकप्टर त्यहाँ पुग्छ ।'घटनास्थल जिल्ला सदरमुकामदेखी ५ घण्टाको दुरीमा पर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.