काबुलमा कार बम आक्रमण, २४ को मृत्यु, ४२ घाइते

काबुलमा कार बम आक्रमण, २४ को मृत्यु, ४२ घाइते

काबुल : अफगानिस्तानको राजनधानी काबुलमा एक आत्मघाती कार बम आक्रमणमा परी कम्तीका २४ जनाको ज्यान गएको छ । अफगानी अन्तरिम मन्त्री परिषदका प्रवक्ताले दिएको जानकारी अनुसार आक्रमणमा ४२ जना घाइते भएका छन् । विस्फोट गराइएको कार बम एक मन्त्रालयको कर्मचारी बोकेको ट्रकलाई लक्षित गरिएको थियो ।

सोमबार बिहान काबुलको पश्चिमी क्षेत्रमा गराइएको बम बिस्फोट कसले गराएको र कसलाई लक्षित गरी गरिएको भन्ने हालसम्म पुष्टि नभएको अफगानी अधिकारीहरुले बताएका छन्. । यद्यपी आक्रमणको जिम्मेवारी तालिवानले लिएको अलजजिराले जनाएको छ ।

सरकारी अधिकारी मोहमद मोहाक्वीकको घर नजिकै बिस्फोट भएकाले उनीप्रति लक्षित रहेको हुनसक्ने प्रहरीले अनुमान गरेका छन् । घटनापछि काबुलको सुरक्षा व्यवस्था कडा बनाइएको अफगान प्रहरीले बताएका छन्

काबुलमा गत मे मा भएको आत्मघाती आक्रमणमा परी १५० जना भन्दा बढीको ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.