मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताको माग
काठमाडौँ: नेपाल महिला सङ्घले मन्त्रिपरिषदमा३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ।
सङ्घले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न सरकारसमक्ष आग्रह गर्नुभएको हो।
उहाँले भन्नुभयो– “संविधानमा नै महिलाको प्रतिनिधित्व उल्लेख गरिसकेको छ तर प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको मन्त्रिपरिषदमा समेत महिलाको उल्लेख्य प्रतिनिधित्व हुन सकेन।”
उहाँले महिला आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै महिलाका लागि संविधानले तोकेअनुसारको अधिकार पाउनुपर्ने बताउनुभयो।
“प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई भेटेर हामीले ३३ प्रतिशत महिलालाई मन्त्रिपरिषदमा समावेश गर्नुप¥यो भनेर भनेका थियौँ, उहाँले विचार गर्छु भन्नुभएको छ, विचार गरेरमात्र पुग्दैन समावेश गर्नुपर्छ” – अध्यक्ष रेग्मीले भन्नुभयो ।
अध्यक्ष रेग्मीले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको अधिकारलाई सुनिश्चित नगरे आफूहरु आन्दोलनमा उत्रिने चेतावनीसमेत दिनुभयो । रासस