कतार सङ्कट हल गर्न युरोपेली युनियनका उच्च अधिकारी र टर्कीस् राष्ट्रपति गल्फमा

कतार सङ्कट हल गर्न युरोपेली युनियनका उच्च अधिकारी र टर्कीस् राष्ट्रपति गल्फमा

कुवेत : कतारलाई उसका छिमेकी तथा गल्फ राष्ट्रहरुले लगाएको नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि कुवेतले पछिल्लो समयमा सक्रियता देखाएको छ ।

सो प्रयासस्वरुप कुवेतका विदेशमन्त्री सवाह खालिद अल सबाहले युरोपेली युनियनका विदेश मामिला सम्बन्धी प्रमुख फेडरिका मागरिनीसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले पछिल्लो समयमा कतारमा जारी सङ्कटको समाधानका लागि मागरिनीको ध्यानाकर्षण गराउदै युरोपेली युनियनले यसका लागि के कस्तो सहयोग गर्नसक्छ भन्ने बारेमा जिज्ञासा राख्नुभएको थियो ।

गएको करिब डेढ महिनादेखि कतारमा कूटनीतिक सङ्कट सुरु भएको छ । यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु सफल हुन सकिरहेका छैनन् ।

तर कुवेतले भने सुरुदेखि नै वार्ताका लागि पनि मध्यस्थताको पहल गर्दै आएको छ । कुवेतकै पहलमा केही समयअघि कतारबाहेकका गल्फ राष्ट्रका विदेशमन्त्रीको बैठक आयोजना गरिएको थियो ।

युरोपेली युनियनका विदेशनीति सम्बन्धी प्रमुख मागरिनी हाल कुवेतमा हुनुहुन्छ। सोही क्रममा सोमबार उहाँ र कुवेती विदेशमन्त्रीबीच भेटवार्ता भएको हो । उहाँ आइतबार कुवेत पुग्नुभएको हो ।

कतारमाथि उसका छिमेकी चार वटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी लगाएका छन् । नाकाबन्दी अन्त्यका लागि ती देशले जुन २३ मा कतार समक्ष १३ बुदे शर्त राखेका छन् ।

यसैबीच सो समस्या समाधानको पहलस्वरुप टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले पनि गल्फ राष्ट्रहरुको भ्रमण सुुरु गर्नुभएको छ । उहाँ आइबार साउदी अरेबिया पुग्नुभएको छ ।

टर्कीस् विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उहाँले आइतबारदेखि नै सो भ्रमण सुरु गर्नुभएको छ र आइतबार उहाँले साउदी अरेबियाका राजालाई भेटगरी त्यस विषयमा कुराकानी गर्नुभएको छ ।

यसअघि कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिनले पनि गत हप्ता साउदी अरब पुग्नुभएको थियो ।

उहाँसँगको भेटवार्ताका क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले कतारले धेरै सम्झौता उल्लङ्घन गरेका प्रमाणहरु रहेको दावीगर्दै सम्बन्ध पुनस्र्थापनाका लागि कतारले आफ्ना शर्तहरु पालना गनुपर्नेमा जोड दिनुभएको थियो ।

कतारका छिमेकी खाडी मुलुकहरुले कतारले साउदी अरेबिया तथा खाडीका अन्य मुलुकसँगका सम्झौताहरु उल्लङ्घन गरेको बताएका छन् ।

तर यी सबै आरोपहरुको कतारले भने खण्डन गर्दै आएको छ । उसले आफूमाथि लगाइएका यी सबै आरोपहरु निराधार रहेको स्पष्ट पार्दै आएको छ ।

पछिल्लो समयमा कुवेत सक्रिय रहेको छ भने युरोेपेली युनियनका उच्च अधिकारीले गरेको यस भ्रमणले पनि उक्त समस्याको समाधानका लागि सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ ।

कुवेत जानु अघि राष्ट्रपति रेसेप तायप एर्डोगान आइतबार साउदी अरब पुग्नु भएको छ । साउदी अरबमा उहाँले शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम बनाउनुभएको छ ।

एर्डोगानले कतार, कुवेत र साउदी अरेबियाको भ्रमण गर्ने योजनासहित टर्कीबाट निस्कनु भएको हो ।

“यो समस्या र संकट लामो समयसम्म रहिरहोस् भन्ने कसैको पनि चाहना छैन,” दुईदिने भ्रमणका लागि देश छोड्नु अघि स्तानबुल विमानस्थलमा उहाँले भन्नुभयो ।

उहाँले सरोकारबालाहरूसँग गम्भीर वार्ता र छलफल गरेर समस्या समाधानका लागि आफ्नो भ्रमण फलदायी हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

पछिल्लो समयमा कतार गम्भीर कूटनीतिक संकटमा परेको छ । त्यसैले उहाँको यो भ्रमण त्यसतर्फ केन्द्रित हुने भएको उहाँको कार्यालयले जनाएको छ । तर त्यसमा गरिने ठोस पहल कदमीका बारेमा भने केही बताइएको छैन ।

कतारमाथि उसका छिमेकी खाडी मुलुकहरूले कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी नै लगाएका छन् । उक्त समस्याको समाधान निस्किने अवस्था अझै बनेको छैन ।

कतारसँग उसका छिमेकी मुलुकहरूको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिनले पनि गत हप्ता साउदी अरब पुग्नुभएको थियो ।

“फ्रान्सले जति सक्दो चाँडो समस्या समाधान गर्न आह्वान गर्नेछ, कतारका जनता विशेष गरेर विद्यार्थी बढी मर्कामा परेका छन् र यसले अरूलाई पनि दुःख दिएको छ” ड्रिनले साउदी अरबका विदेशमन्त्री अडेल अल जुवेइरसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभएको थियो ।

विदेशमन्त्री ड्रिनले कतारसँगको सम्बन्ध सुधार्नका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले छलफल थाल्नुपर्नेमा जोड दिनुभएको भए पनि अहिलेसम्म यस विषयमा कुनै पहल भएको छैन ।

रियादको भ्रमणपछि उहाँ कुवेत र संयुक्त अरब इमिरेट्स पनि पुग्नुभएको थियो । उहाँले सो भ्रमणमा छलफलबाटै संकटको समाधान खोज्न जोड दिनुभएको थियो ।

उहाँसँगको भेटवार्ताका क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले कतारले धेरै सम्झौता उल्लङ्घन गरेका प्रमाणहरू रहेको दाबी गर्दै सम्बन्ध पुनःस्थापनाका लागि कतार सच्चिएर आउनुपर्नेमा जोड दिनुभएको थियो ।

पछिल्लो समयमा कतारका छिमेकी खाडी मुलुकहरूले भने सन् २०१३ को साउदी अरेबियासँगको सम्झौता र २०१४ को खाडी मुलुकको सहकार्यका लागि गरिएको ‘सप्लीमेन्ट्री एग्रिमेन्ट’ सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको बताएका छन् ।

तर यी सबै आरोपहरूको कतारले भने खण्डन गर्दै आएको छ । उसले आफूमाथि लगाइएका यी सबै आरोप निराधार रहेको दाबी गर्दै आएको छ । यही कारणले साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको नाकाबन्दीलाई अझै पनि कायमै राखेका छन् ।

रासस/सिन्ह्वा/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.