'चिनियाँ सेना कमजोर छ' भन्ने भ्रम त्याग्न भारतलाई चेतावनी

'चिनियाँ सेना कमजोर छ' भन्ने भ्रम त्याग्न भारतलाई चेतावनी

एजेन्सी : चीनले गैरकानुनी रुपमा भारतीय सेना चीनमा प्रवेश गरेको भन्दै तत्काल फिर्ता गर्न भारतसँग आग्रह गरेको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता ‘वू क्वीन’ले सोमबार पत्रकार सम्मेलन मार्फत यस्तो आग्रह गरेका हुन् । उनले प्रादेशिक सार्वभौमिकता रक्षाका लागि आफ्नो देश सदैव तयार रहेको पनि स्पष्ट पारे । प्रवक्ता क्वीनले आफ्नो सीमाबाट तत्काल सेना फिर्ता गरी समस्या समाधानको मार्गमा अघि बढ्न भारतलाई आग्रह गरेका छन् ।

क्वीनले भनेका छन् ‘हामी जोडदार रुपमा आग्रह गर्दछौं की भारतले आफ्नो गल्ती तत्काल सच्चाएर सीमा क्षेत्रमा शान्ति कायम गर्न जोड दिनु आवश्यक छ ।’ साथै उनले भारतलाई हिमाली क्षेत्रमा चिनियाँ सेना लड्न सक्दैन् भन्ने अव्यवहारिक भ्रम त्याग्न समेत आह्वान गरेका छन् ।

विगत ९० वर्षदेखि चिनियाँ जनमुक्ति सेनाले निरन्तर आफ्नो क्षमता वृद्धि गरिरहेकोले जस्तो सुकै परिस्थितिमा पनि राष्ट्रको सार्वभौमिकता रक्षा गर्न र क्षेत्रिय एकता कायम गर्न सक्षम रहेको क्वीनल दावीे गरे।  जनमुक्ति सेनाले हिमालयमा सहजै लड्न सक्ने चेतावनी उनले दिए ।

पछिल्लो समय भारत, चीन र भुटानको त्रिदेशीय सीमा क्षेत्र डोक्लाममा भारत र चिनियाँ पक्ष बीच विवाद चर्किरहेको छ । दुवै पक्षले एक अर्काविरुद्ध वक्तव्यबाजी गर्दै आएका छन् । डोक्लाम क्षेत्रमा चीनको तुलनामा भारतीय सेना हावी रहेको विश्लेषण गरिदै आएको छ । भारतीय पक्षले हिमाली मौसममा चिनियाँ सेना कमजोर रहेको र मौसम प्रतिकूल भएपछि उनीहरु आफैंपछि हट्ने तर्क गर्र्दै आएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.