दुर्घटना भएको हेलिकप्टरको पार्टपुर्जा काठमाडौँमा

दुर्घटना भएको हेलिकप्टरको पार्टपुर्जा काठमाडौँमा

रसुवा: जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ पुर्या‌इएकाे छ।

मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो । 

छजना तीर्थयात्री बोकेका सो हेलिकप्टर अवतरणका क्रममा पछाडिको भागमा रहेको टेलरोटर ठोक्किएर दुर्घटना भएको थियो । 

एकपटकमा उठाउन नसक्ने भएपछि वरिष्ठ हेलिकप्टर चालक हिरा दाहालको नेतृत्वमा गएको प्राविधिक टोलीले हेलिकप्टरका पार्टपुर्जालाई दुई माग गरी छुट्टाछुट्टै झुन्ड्याएर लगिएको उडान प्रबन्धक श्रेष्ठले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.