जीप दुर्घटनाका मृतक सबैको सनाखत (अपडेट)

जीप दुर्घटनाका मृतक सबैको सनाखत (अपडेट)

बागलुङ: बागलुङको बडिगाड गाउँपालिकामा आज विहान पिकअप जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना गम्भिर घाइते भएका छन्।

रणसिहंकिटेनीको घोरघोरेबाट जलजला हुँदै ग्वालीचौर तर्फ आउदै गरेको ध १ ज १८४ नम्बरको जिप बडिगाड गाउँपालिका वडा नम्बर ५ को वादीप भन्ने ठाउँमा दुर्घटना हुँदा वडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका अन्दाजि ४२ वर्षका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं. ८ सिमाकका अन्दाजी ६० वर्षका मुक्त पाइजा, वडा नं. ८ रणसिंह का अन्दाजी ३६ वर्षका नर वहादुर शेर्वुजा, र गाडिचालक वडिगाड ४ जलजलाका अन्दाजी ३५ वर्षका तुल वहादुर पुनको ज्यान गएको छ।

दुर्घटनामा गम्भिर घाइते भएकाहरुलाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको छ । घाइतेको कसैको टाउको फुटेको, कसैको मेरुदण्ड भाँचिएको तथा केहिको हात खुट्टा भाँचिएको छ। घाइतेहरुको अवस्था गम्भिर भएकोले तत्काल जिल्ला प्रशासन कार्यालय मार्फत पहल गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको ग्राण्डी अस्पतालमा पठाइएको छ।

गम्भीर घाइते भएका वडिगाड वडा नं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानकै दिपशिखा पाइजा, बालमाति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आउनुभएका भिम वहादुर श्रीसलाई काठमाडौं पठाइएको हो।

दुर्घटनामा घाइते भएका बडिगाड गाउँपालिका वडा नं. ८ कै बालमति पाइजा, दिनेश पाईजा र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आउनुभएका भिमवहादुर श्रीसको भने प्राथमिक स्वास्थ्य केन्द्र ग्वालीचौरमा उपचार भैरहेको छ।

जलजलावाट खर्वाङ तर्फ आउँदै गरेको सो जिप ब्रेक फेल भई सडकवाट झण्डै ७ सय मिटर तल खसेको छ। गाडीका मालिक मनवहादुर पुनले ढुँगा ओट राखेर रोक्न खोज्दै गर्दा ओट नाघेर खसेको प्रत्यक्षदर्शिले वताएका छन्।

मृतकहरुको पोस्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाउने तयारी भइरहेको बडिगाड गाउँपालिकाका प्रमुख मेयरसिहं पाइजाले जानकारी दिनुभयो। घटनास्थल जिल्ला सदरमुकामदेखी ५ घण्टाको दुरीमा पर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.