जंगली बादरले स्थानीयलाई हेप्न थालेपछि..

जंगली बादरले स्थानीयलाई हेप्न थालेपछि..

बर्दिबास: महोत्तरीको उत्तरी क्षेत्रको जंगली क्षेत्रबाट गाउँ पसेका जंगली बादरको झुन्डले स्थानीय समस्यामा परेका छन्। बादरले आक्रमण गरेर घाइते बनाउन थालेपछि स्थानीहरु समस्यामा परेका हुन्। बादरले बर्दिबास चोकको व्यस्त स्थानहरुमा दिउँसो हिड्‍ने वटुवा, पसलेलाई आक्रमण गर्दै आएको स्थानीहरुको गुनासो छ।

रातो रंगको बादरले यति खेर जिल्लाको बर्दिवास, माइस्थान, खयरमारा, गौरीबास, हात्तिलेट, रामनगर, बेलगाछी, लक्ष्मीनिंयाँ लगायत गाउँहरुमा आतंक मच्चाएका छन्।बस्ती नजिकैको जंगलबाट झुन्डका झुन्ड जंगली बाँदर गाउँमा पसेपछि महिनौं दिन अघिदेखि स्थानीयको दैनिकी प्रभावित भइरहेको छ।

सयौंको संख्यामा गाउँ पसेका बादरले खेतबारीमा लगाइएको परबल, गोलभेडा,मकैं लगायतका तरकारीबाली खाएर सखाप पार्ने गरेको छ। जंगलबाट बस्तीमा पुसेको बाँदरहरुको झुण्डले खेतबारीको अन्नबाली त खान्छन् खान्छन् ,घर भित्र राखेको अन्नपात समेत लैजान थालेपछि स्थानीयहरु हैरान भएको रामनगरका स्थानीय जयकिशोर महतोले दुखेसो पोखे सुनाउनुभयो। उहाँले भन्नुभयो,‘पकाएको खाना पनि बाँदरहरुको झुन्डले खाइदिने गर्छ। घरमा बस्नु पनि डर मर्दो भयो।'

‘मान्छेलाई देख्दा बाँदर पहिलेपहिले भाग्थे।अहिले बाँदरलाई देख्दा मान्छे भाग्नु पर्ने अवस्थाको सामना गर्नु परेको छ,’ माइस्थानका टेकबहादुर विश्वकर्माले भन्नुभयो, 'पछिल्लो समय बाँदरले मान्छेलाई हेप्न थालेको छ।

बाली खाँन आएका बाँदरलाई एक्लैदुक्लै धपाउँन जान डरमर्दो हुन्छ। झम्टिएर खाँउला झैं गर्छ।' गाउँ पसेका बाँदरले स—साना नानीलाई झम्टेर घाउचोटसमेत लगाएको बेलगाछीकी मन कुमारी थापा मगरले बताउनुभयो।

बाँदरहरुको खानकी बनजंगलमा नभेटेपछि स्थानिय बासिन्दाको खेतवाली र घरमा राखेको अन्नपात खाएर हैरान परेका छन् । वन जंगल दिनहुँ कटान हुन थालेपछि उनीहरुको बस्ने स्थानहरु जोखिममा परेपछि बाँदरका झुण्ड गाँउ पस्ने, खेतको बालीनाली खाएर स्थानीइलाई हैरान बनाएका छन्।

बाँदरले फलेको बालीमात्र नभई बोट नै उखालेर मिल्काउने गरेकाले बालीनालीबाट हात धुने स्थिति सिर्जना भएको माइस्थान-५ चेरुका किसान डम्बरबहादुर थिङ्गले बताउनुभयो।

जंगल आसपास बसोबास गर्ने स्थानियबासीले पहिला पहिला भरुवा बन्दुक पड्काएर भएपनि बाँदरलाई भगाउने गरेका थिए। तर, अचेल प्रशासनले भरुवा बन्दुक राख्न प्रतिबन्ध लगाएकाले बाँदरबाट खेतबारीको अन्नबाली जोगाउन चुनौतिपूर्ण बनेको स्थानीयले गुनासो गरेका छन्।

माइस्थान ७ ढुंग्रेका किसान नुमराज बस्नेतले बाह्रै महिना बाँदरको गोठालो लागेर खेतबारीको अन्न जोगाउनु पर्दा दैनिक जीवन चौपट बनेको बताउनुभयो। उहाँले प्रशासनले बाँदर नियन्त्रणको लागि पहल गर्नु पर्ने माग गरेका छन्।

वनक्षेत्रमा चोरी सिकार नियन्त्रण र जङ्गली जन्तुप्रति सद्भाव र माया गर्नसके गाउँक्षेत्रमा यस्ता पशुको प्रवेश कम हुने इलका वन कार्यालय बर्दिबासका साहयक वन अधिकृत चन्देश्वर यादवले बताउनुभयो।

‘बाँच्न र प्रजननको लागि वंनजंगल जीव जन्तुहरुको बस्नको लागी उपयुक्त छ,' विज्ञान प्रविद्यि प्रज्ञा प्रतिष्ठान ललितपुरका प्राणी शास्त्री डा. तिर्थराज घिमिरेले भन्नुभयो, 'बासस्थानका प्राकृतिक श्रोतहरु (जस्तै पानी, बिरुवा, घाँस, माटो, ढुंगा) को नोक्शान भएका जीव जन्तुहरु बास स्थानको खोजिमा भौतारीएर बस्तीमा पुगेको छ।' वनक्षेत्रमा काठ दाउराको तस्करी बढसंगै वन जंगलहरु नाङ्गो देखिएपछि बाँदर गाउँ पस्न थालेको जानकारहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.