ट्राफिक जाम हटाउन ठेकेदार र कर्मचारीलाई मन्त्री साहले पारे र्‍याखर्‍याख्ती

ट्राफिक जाम हटाउन ठेकेदार र कर्मचारीलाई मन्त्री साहले पारे र्‍याखर्‍याख्ती

काठमाडौं: काठमाडौ उपत्यकामा बढदै गएको ट्राफिक जाम नहटाएको भन्दै सहरी विकास मन्त्री प्रभु साहले सरोकारवाला निकायलाई र्‍याखर्‍याख्ती पारेका छन् ।

सडक बिस्तारमा भएको ढिलाई तथा अबरोधको कारण ट्राफिक जाम बढेको गुनासो पटक पटक आएपछि मन्त्री साहले सरोकारवाला निकायलाई सँगै स्थलगत अनुगमन लगेर ट्राफिक जाम हटाउने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन्।

सडक विस्तारका कारण समयमै काम नहुँदा धुलो उडेर दिउसै अध्यारो हुने गरेको,ठेकेदारले समयमै काम नगरेको, पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेको जस्ता स्थानीयका गुनासा सुनेपछि अनुगमनमा गएका मन्त्री साहले आयोजनाका प्रमुख तथा ठेकेदारलाई स्थानीयकै अगाडि प्रश्न माथि प्रश्न गरेर र्‍याख र्‍याख्ती पारेका थिए।

जनताले व्यक्त गरेको गुनासोलाई तत्कालै किन यस्तो भयो भनेर सरोकारवाला निकायलाई मन्त्री साहले प्रश्न गरेका थिए । ठेकेदारलाई ‘किन ढिला भयो ? पानी किन हाल्नुहुन्न ?, सडक खाली भएको स्थानमा पनि किन निर्माण कार्यलाई गति दिनुहुन्न ?’ जस्ता प्रश्न मन्त्री साहले राखेका थिए ।

मन्त्री साहले केहि समयमा नै परिणाम देखिने गरी काम गर्ने जानकारी दिएका छन। अनुगमनको क्रममा सडक बिस्तारमा एकातिर कतिपय जनताको अबरोध भएको तथा अर्कोतिर सरोकारवालाले काम नगरेको कारण सडक विस्तारमा ढिलाई भएको र ट्राफिक जाम हट्न नसकेको निश्कर्ष मन्त्री साहले निकालेका छन। क्षतिपुर्ति लगायतका कारण स्थानीय जनताले काम गर्न अबरोध गर्ने र अदालतमा मुद्दा हालेर अन्तरिम आदेश लिई बाटो बनाउन नदिने समस्या देखिएको मन्त्री साहले बताए।

‘स्थानीय जनताको मागको सुनुवाई नभएपछि अदालत गुहारिएको हुनसक्छ भने बढी क्षतिपुर्ति लिन तथा अदालतमा मुद्दा हालेर काम झुलाउन खोजेको पनि हुनसक्छ’ मन्त्री साहले भने‘तर त्यो भन्दा पनि महत्वपूर्ण बिषय स्थानीय जनताले अबरोध नगरेको स्थानमा पनि काम भएको छैन। ठेकेदार कम्पनीले २५ जना जति मात्र मजदुर लगाएर काम गर्न ढिलाई गरिरहेको छ।’

मन्त्री साहले स्थानीय जनतालाइ साक्षी राखेर कर्मचारीहरु र ठेकेदारलाई चाँडो काम गर्न निर्देशन दिएका छन । मन्त्री साहले स्थानीय जनताको समस्या हल गर्न उच्चस्तरमा पहल गरिने जानकारी समेत दिएका छन। बाटो बनाउने सडक बिभाग र सडक बिस्तारको काम गर्ने उपत्यका विकास प्राधिकरणसँगै बिद्युत प्राधिकरणले समयमा पोल नसारेको, बन मन्त्रालयका निकायले रुख नकाटेको कारण पनि बाटो बिस्तारमा समस्या भइरहेको मन्त्री साहले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.