भाडा नदिइएपछि राप्रपा कार्यालयमा ताला

भाडा नदिइएपछि राप्रपा कार्यालयमा ताला

बेंसीशहर (लमजुङ) : घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ ।

तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यालयमा ताला लगाएका हुन । बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपा कार्यालय छ । आठ वर्षदेखि कार्यालय राखिएकामा २०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेले बताए ।

वाग्लेले बेसीशहरमा सोमबार पत्रकार भेटघाट गरी राप्रपासँग घरभाडा बापतको रु एक लाख ५९ हजार लिन बाँकी रहेको बताए । वाग्लेका अनुसार राप्रपासँग २०७१ सालको रु ३० हजार, २०७२ सालको रु ५४ हजार, २०७३ सालको रु ६० हजार र २०७४ सालको वैशाखदेखि असार मसान्तसम्मको रु १५ हजार भाडा लिन बाँकी छ ।

राप्रपा अध्यक्ष इन्द्रबहादुर मल्लले राप्रपा नेपाल हुँदादेखिको भाडा बाँकी रहेको र धेरै रकम भएकाले एकमुष्ट तिर्न कठिन भएको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.