उदीयमान चिनियाँ नेता भ्रष्टाचार छानबिनमा

उदीयमान चिनियाँ नेता भ्रष्टाचार छानबिनमा

बेइजिङ : उदीयमान वरिष्ठ चिनियाँ नेता सुन झेङकाईविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन सुरु भएको छ । कुनै बेला उनलाई चीनको केन्द्रीय नेतृत्व सम्हाल्ने दावेदार नेताका रुपमा लिइन्थ्यो । सुन चीनका प्रमुख चार महानगरमध्ये चर्चित चोङकिङमा चिनियाँ कम्युनिस्ट पार्टी प्रमुख थिए । केही दिनअघि मात्र भएको फेरबदलमा उनलाई चोङकिङको पार्टी प्रमुखबाट हटाइको थियो । त्यहाँबाट हटाइनु अघिसम्म उनलाई चीनको राज्य सञ्चालनमा शक्तिशाली सात सदस्यीय पार्टी स्थायी समितिको सदस्यका प्रबल दाबेदार मानिन्थे । तर अहिले चीनको भ्रष्टाचारविरोधी निकायले उनीविरुद्ध अनुशासन गम्भीर उल्लंघनको छानबिन भइरहेको जनाएको छ ।

आउँदो शरदमा चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठकमा राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि खछियाङका सम्भावित उत्तराधिकारीबारे अनुमान गर्न सकिन्छ । चीनमा प्रायः १० वर्ष (दुई कार्यकाल) सत्ता सञ्चालन गरेपछि प्रमुख नेता (राष्ट्रपति र प्रधानमन्त्री) सत्ताबाट बाहिरिने परम्पराजस्तै छ । राष्ट्रपति सि र प्रधानमन्त्री लि दुवै जनाको सन् २०२२ मा दुई कार्यकाल पूरा हुन्छ । तर राष्ट्रपति सिले भने अहिलेसम्म दुई कार्यकाल पूरा भएपछि पनि सत्ता छाड्ने वा आफ्नो उत्तराधिकारी अघि बढाउने गरेको देखिएको छैन । अहिलेसम्म पनि उनको उत्तराधिकारी को हो भन्ने कसैले भेउ पाएका छैनन् ।

सुन पार्टीको पोलिटब्युरोका सबैभन्दा कान्छा सदस्य हुन् । चिनियाँ कम्युस्टि पार्टीको पोलिटब्युरोमा २५ सदस्य हुन्छन् । पोलिटब्युरोभन्दा माथि सात सदस्यीय स्थायी समिति मात्र हुन्छ र यो समिति शासन सञ्चालनमा सबैभन्दा शक्तिशाली मानिन्छ । यसअघि चोङकिङकै प्रभावशाली र उदाउँदा पार्टी प्रमुख बो सिलाई पनि भ्रष्टाचार र एक बेलायती व्यापारीको हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका थिए । बोलाई हत्या र भ्रटाचारको आरोपमा सन् २०१३ मा सुनाइएको मृत्युदण्ड पछि निलम्बित गरी जन्मकैदमा परिवर्तन गरिएको थियो । बोपछि यसरी भ्रष्टाचार छानबिनमा तानिने उनी पहिलो पोलिटब्युरो सदस्य हुन् ।

चोङकिङ पार्टी प्रमुखबाट सुनलाई हटाएर राष्ट्रपति सिनिकट चेन माइनरलाई नियुक्त गरिएको थियो । सन् २०१२ मा राष्ट्रपति नियुक्त भएलगत्तै सिले भ्रष्टाचारविरुद्ध व्यापक अभियान सुरु गरेका थिए । कारबाही अभियान खासगरी पार्टीमा र प्रशासनमा ठूला ओहदा ओगटेकामाथि लक्षित थियो ।
सुनविरुद्ध छानबिन किन सुरु भयो वास्तविक कारण नखुलेको बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ । बीबीसीका अनुसार नेतृत्वको होड बाहिर देखिएजस्तो सहज नभएको र चीनको राजनीतिमा आधिकारिक रुपमा कुनै घोषणा नहुन्जेलसम्म जे पनि हुन सक्छ ।

सुनविरुद्ध सुरु छानबिनलाई राष्ट्रपति सिले पार्टीको आगामी बैठकअघि आफ्नो शक्ति बढाउन उपयोग गरेको अनुमान गरिएको छ । बीबीसीका अनुसार चीनमा अब हुने एक महत्वपूर्ण निर्वाचन बन्द कोठाभित्र हुँदैछ । अब केही महिनाभित्रै चीनले आगामी नेतृत्व लिने नयाँ पुस्ताका नेता अगाडि सार्ने अनुमान छ । एक साताअघि सम्म पनि सुन नयाँ पुस्ताका नेतामध्येमै पर्ने अनुमान गरिन्थ्यो । तर उनले एक्कासी पद गुमाए र भ्रष्टाचारको छानबिनमा परेका छन् ।

यसको केही साताअघि उनले सार्वजनिक रुपमा नै राष्ट्रपति सिप्रति आफू बफादार भएको देखाएका थिए । राष्ट्रपतिले उनको बफादारितामा शंका गरे वा अरु नै कुनै राजनीतिक षडयन्त्र भयो जसले उनलाई छानबिनमा पुर्‍यायो सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।उनी सन् २०१२ नोभेम्बरमा चोङकिङको पार्टी प्रमुखमा नियुक्त भएका थिए । त्यसअघि उनी जिलिन प्रान्तको पार्टी सेक्रेटरी थिए भने सन् २००६ देखि २००९ सम्म कृषि मन्त्री भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.