दर्शनार्थीलाई पानी बाड्दै
साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका दर्शनार्थीलाई पानी बाड्दै ‘गाइड एसोसिएसन अफ पशुपति’का स्वयंसेवक । उक्त संस्थाले लाइन व्यवस्थापन, निःशुल्क पानी वितरणका साथै वृद्ववृद्वालाई सहयोग गर्न ४० जना स्वयंसेवक परिचालन गर्दैै आएको छ । तस्बिर ः विकास कार्की