निर्यात बर्सेनि ओरालो

निर्यात बर्सेनि ओरालो

 हेटौंडा : मकवानपुरको निर्यात व्यापार घटेको छ । आर्थिक वर्ष २०७२/७३ को तुलनामा आर्थिक वर्ष २०७३/७४ मा निर्यात व्यापार पाँच प्रतिशतले घटेको मकवानपुर उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

संघका अनुसार गत आवमा मकवानपुरबाट ३४ करोड ९८ लाख ६५ हजार रुपैयाँको सामान भारत र तेस्रो मुलुक निर्यात भएको थियो । यो अघिल्लो आवको तुलनामा दुई करोड ६४ लाख रुपैयाँ कम भएको संघका अध्यक्ष राजकुमार न्यौपानेले बताए । आर्थिक वर्ष २०७१/७२ देखि लगातार निर्यात व्यापार घट्दो क्रममा छ ।

संघको तथ्यांकअनुसार आव २०७१/७२ मा ४८ करोड ७७ लाख ३० हजार रुपैयाँको सामान निर्यात भएकामा आव २०७२/७३ को निर्यात व्यापार ३७ करोड पाँच लाख सात हजारमा सीमित भएको थियो । संघले उत्पत्तिको प्रमाणपत्र जारी गरेको बाराको एक र सिरहाको एक उद्योगसहित मकवानपुरका उद्योगबाट सामान निर्यात गर्ने १० वटा उद्योगको निर्यात घट्दै गएको हो । ‘देश बाहिर सामान निर्यात गर्न सरकारले प्रोत्साहन नगर्दा बर्सेनि निर्यात व्यापार घट्दै गएको छ', संघका अध्यक्ष न्यौपानेले भने, ‘त्यसमाथि भारतले नेपालबाट आयात गर्नुपर्ने सामान आफ्नै देशमा उत्पादन बढाएकाले यस्तो अवस्था आएको हो ।'

ठूला उद्योगको निर्यात बढेन

हेटौंडा औद्योगिक क्षेत्रस्थित सीएसआई नेपालको आर्थिक वर्ष २०७३/७४ मा झन्डै १० प्रतिशतले निर्यात घटेको देखिएको छ । सीएसआईले बितेको वर्ष १८ करोड २३ लाख ९४ हजार रुपैयाँको सामान निकासी गरेकामा अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा २० करोड सात लाख ६७ हजार रुपैयाँको निकासी गरेको संघको तथ्यांक छ ।

यती पोलिकेम प्रालिले अघिल्लो आर्थिक वर्ष ८१ लाख ५४ हजारको प्लास्टिकको कार्पेट निर्यात गरेकोमा बितेको आर्थिक वर्षमा निर्यात घटेर ६७ लाख ७२ हजारमा सीमिति भएको छ । संघका अनुसार यती पोलिकेमको आर्थिक वर्ष २०७२/७३ को तुलनामा गत आव १७ प्रतिशतले निर्यात घटेको हो ।

हेटौंडा-११ मा रहेको नेपाल इकारात इन्जिनियरिङ कम्पनी प्रालिको निर्यात ५० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७२/७३ मा तीन करोड ८४ लाख १६ हजार रुपैयाँको ट्रान्सफर्मर निर्यात गरेकामा पछिल्लो आर्थिक वर्षमा एक करोड ९० लाख ८३ हजारको मात्र ट्रान्सफर्मर निर्यात भएको छ ।

औद्योगिक क्षेत्रस्थित प्रोजियोकेम उद्योग प्रालिको पनि निर्यात घटेको छ । अघिल्लो आर्थिक वर्षमा नौ करोड ७८ लाख ५४ हजार रुपैयाँको प्लास्टिकका सामग्री निकासी गरेको उद्योगले आव २०७३/०७४ मा चार करोड ७८ हजार रुपैयाँको मात्र निर्यात गरेको छ ।

पान परागमा प्रयोग हुने सामग्री निर्यात गर्दै आएको जय हारती खाद्य सप्लायर्सको यस वर्ष निर्यात शून्य रह्यो । सप्लायर्सले अघिल्लो आर्थिक वर्षमा १० लाख २० हजार रुपैयाँको सामग्री निर्यात गरेको थियो ।

चार उद्योगले निर्यात बढाए

समग्र निर्यात अवस्था खस्किए पनि चारवटा उद्योगले भने गत आवमा निर्यात बढाएका छन् । हेटौंडाको बसामाडीस्थित नेचुरल फ्लावर एन्ड हर्वल उद्योगको निर्यात ५९ प्रतिशतले वृद्धि भएको छ । गत आव उद्योगले गत आर्थिक वर्षमा एक करोड ८२ लाख ९८ हजार रुपयाँको सामान निर्यात गरेको छ ।

बहुराष्ट्रिय कम्पनी एसियन पेन्टसले पनि निर्यात बढाएको छ । आर्थिक वर्ष २०७२/७३ मा नमुनाका लागि दुई हजार पाँच सय रुपैयाँको रंग विदेश निकासी गरेको थियो । गत आव कम्पनी दुई करोड ७४ लाख ८२ हजारको रङ विदेश निर्यात गर्न सफल भएको छ ।

बालाजी नेचुरल उद्योगले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा साढे दुई प्रतिशतले निर्यात व्यापार बढाएको छ । उद्योगले आर्थिक वर्ष २०७३/७४ मा एक करोढ १५ लाख ९० हजार रुपैयाँको हर्वल सामग्री विदेश निर्यात गरेको संघको तथ्यांक छ ।

संघले उत्पतिको प्रमाणपत्र जारी गरेको बारास्थित पशुपति काठ मिलले पनि निर्यात बढाएको छ । पछिल्लो आर्थिक वर्षमा उद्योगले २९ लाख ६१ हजार रुपैयाँको काठ निर्यात गरेको छ । सिरहाको हिमालयन काठ उद्योगले पनि यस वर्ष चार करोड १२ लाखको काठ निर्यात गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.