‘५ वर्षमा आठ अर्बको विकास बैंक बनाउछौं'
स्थानीय पूर्वाधार स्लोगन मात्र नभएर हाम्रो एउटा रणनीति नै हो । स्थानीय तहमा खोलेर केन्द्रमा जाने योजनासहित हामी स्थापना भएका हौं । हामी बलियो बैंकको रूपमा स्थापना हुन खोजिरहेका छौं । अबको पाँच वर्षमा आठ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याएर बलियो विकास बैंक बन्ने हाम्रो रणनीतिक योजना छ । देश विकासका लागि अर्थात् स्थानीय तहसम्म सेवा विस्तार गर्न विकास बैंक रहिरहनु पर्छ भन्ने हाम्रो मान्यता हो ।
स्थानीय तहमा पूर्वाधार निर्माण गरेपछि मात्र राष्ट्रिय तहमा जाने हाम्रो योजना हो । अन्य बैंकहरू राष्ट्रिय स्तरमा खोलेर स्थानीय तहमा जान्छन् । २०६१ साल कात्तिक २३ गते तीन जिल्ले विकास बैंकको रूपमा नेपालगन्जमा बागेश्वरी विकास बैंक लिएर आएका हौं । सानो पुँजीबाट नेपालगन्जलाई आधार बनाएर बैंक सञ्चालनमा आएको हो । बागेश्वरी नेतृत्व गर्ने व्यक्तिको अग्रसरतामा स्थानीय लगानीकर्तालाई समेटेर पोखरामा सांग्रिला विकास बैंकको स्थापना भएको हो।
राष्ट्र बैंकले पुँजी वृद्धिको योजना ल्याउँदा हामीले तीनवटा अवधारणा अघि सारेका थियौं । एउटा कमर्सियल बैंकसँग जाने, दोस्रो ठूला विकास बैंकसँग मर्ज हुने र तेस्रो हामी आफैं साना बैंकलाई लिएर आफ्नो बेस कायम राख्ने । यीमध्ये जुन उत्तम हुन्छ त्यही गर्ने हाम्रो योजना थियो । अर्कोतिर सेयर होल्डरको चाहना यसलाई सक्षम बैंक बनाउने भन्ने पनि थियो ।
अहिले बैंकले गोरखा जिल्लालाई आधार बनाएको कसमस प्राप्तिपछि बैंकको चुक्ता पुँजी एक अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । ८० प्रतिशत हकप्रद सेयरबाट बैंकको पुँजी दुई अर्ब ४४ करोड रुपैयाँ पुग्छ । गएको वर्षमा हामीलाई करिब ३६ करोड रुपैयाँ नाफा हुने देखिएको छ । सो नाफाबाट बोनस सेयर दिँदा ३० करोड जति पुग्छ । हामीलाई पुँजी वृद्धि योजनाअनुसारको पुँजी पुर्याउन गाह्रो छैन । राष्ट्र बैंकले पुँजी वृद्धि योजना ल्याउदा हामीसँग जम्मा ६४ करोडमात्र पुँजी थियो । बैंक स्थापना हुँदा यसको चुक्ता पुँजी एक करोड ९९ लाख थियो । २०६४ साल भदौ ९ गते १० जिल्लामा कारोबार गर्ने गरी तीन करोड ९९ लाख सांग्रिला विकास बैंक स्थापना भयो ।
हामी पहिलादेखि नै बलियो बैंक बन्नु पर्छ भन्नेमा केन्द्रित थियौं । पुँजी वृद्धि योजना आउँदा त्यसको सीमा पुग्न हामीलाई गाह्रो नभए पनि वाणिज्य बैंक बन्ने हाम्रो सपना भने अधुरो रह्यो । हाम्रो बैंकको स्लोगन अनुसार विभिन्न स्थानीय स्थानमा बैंक खोल्ने र पछि मर्ज गरी एउटा ठूलो पुँजी भएको बैंक बनाउने हाम्रो योजना हो । हाल यो बैंकमा चार सय ६ जना संस्थापक सदस्य हुनुहुन्छ ।
पूर्वमा इटहरी, पश्चिममा नेपालगन्जको रुपेडिया, दुर्गममा जुम्ला, पश्चिममा अत्तरियासम्म हाम्रा शाखा छन् । हामी काठमाडौं आएको तीन वर्ष भयो । त्यसअघि सांग्रिलाले पोखरा र बागेश्वरीले नेपालगन्जलाई आधार बनाएको थियो । केन्द्रमा भन्दा मोफसलमा धेरै फाइदा छन् । प्रमाणीकरणदेखि सबै कारोबार सरल र सहज छ । जोखिम न्युन छ । त्यो हुँदा हुँदै पनि मोफसलको भन्दा केन्द्रमा आर्थिक गतिविधि बढी छ । यहाँ अलि सोच विचार गरेर कार्य सम्पादन (लगानी) गर्नुपर्छ । मोफसलमा व्यक्तिगत सम्पर्कका आधारमा बिजनेस हुन्थ्यो भने यहाँ प्रोफेसनका आधारमा बिजनेस हुन्छ ।
हामी पृथक बैंकिङ सेवा दिने तयारीमा छौं । प्रविधिमैत्री बैंक बनाएर लैजाने हाम्रो सोच छ । बिजनेस वृद्धि गर्न यस वर्ष १० देखि १५ स्थानमा शाखा विस्तार गर्ने हाम्रो योजना छ । अहिले हाम्रो शाखा ३५ स्थानमा विस्तार भएको छ । पूर्वमा जाने हाम्रो सोच छ । अन्यलाई पनि बलियो बनाउँदै आगामी वर्ष हामी पूर्वमा केन्द्रित हुने छौं । अहिले भएका स्थानमा पनि बलियो आधार तयार पार्ने र ग्रामीण क्षेत्रमा जाने हाम्रो सोच छ । उत्तरमा पनि हामी जान चाहिरहेका छौं । बैंकको एउटा एक्सटेन्सन शाखा र ६ वटा लघुवित्तका आउटलेट छन् । १६ वटा एटीएम मेसिन छन् भने एक लाख ७० हजार ग्राहक छन् । बैंकमा तीन सय १३ जना कर्मचारी छन् ।
बैंकमा एक लाख ६० हजार निक्षेपकर्ता छन् भने १० हजार ऋणी छन् । छरिएका निक्षेपकर्ता छन् । ७५ प्रतिशत साना र २५ प्रतिशतमात्र अलि ठूला निक्षेपकर्ता छन् । कर्जामा विविधीकरण छ । स्थानीय पूर्वाधारमा अस्पतालदेखि शिक्षा, स्वास्थ्य , पर्यटन तथा अन्य पूर्वाधारमा हाम्रो लगानी छ । सांग्रिला पोखरालाई आधार बनाएको बैंक भएकाले सेवा क्षेत्र (पर्यटनमा लगानी) करिब २० प्रतिशत छ । ३० देखि ३५ प्रतिशत व्यापारिक कर्जा र ३० प्रतिशत एसएमई कर्जा रहेको छ ।
ब्याजदरको कुरा गर्दा हामी वाणिज्य बैंकभन्दा तल छौं । विकास बैंकले १३ प्रतिशतमा कर्जा प्रवाह गरेको छ । दुईदेखि पाँच प्रतिशतमा प्रिमियम संकलन गर्दै आएका छौं भने मुद्दती निक्षेपमा साढे १२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंकमा ३० देखि ३५ प्रतिशत संस्थागत निक्षेप छ भने अन्य सबै आम सर्वसाधारण बचतकर्ता नै हुन् । बैंकमा दुई÷तीन करोडसम्मका निक्षेपकर्ता छन् । ठूला निक्षेपकर्ता त्यति छैनन् । यसमा हामी मौद्रिक नीतिले दिएको सीमाभन्दा तल छौं । नीतिले ४५ प्रतिशतभन्दा माथि संस्थागत निक्षेपकर्ता हुन नहुने व्यवस्था गरेको छ । राष्ट्र बैंकबाट प्राप्त १० करोड नै हाम्रो ठूलो पुँजी हो । अरु निक्षेप त सबै छरिएको पुँजी हो ।
मोफसलमा प्रमाणीकरणदेखि सबै कारोबार सरल र सहज छ । जोखिम न्युन छ । तर केन्द्रमा आर्थिक गतिविधि बढी हुन्छ ।
हामीले लोकल एलसी खोल्न पाउने व्यवस्थाको माग गरेका थियौं । मौद्रिक नीतिले त्यसलाई सम्बोधन गरेको छ । राष्ट्र बैंकबाट जोखिम कम गर्ने र प्रविधिमैत्री बन्ने गरी गाइडलाइन तय भएको छ । जुन सकारात्मक पक्ष हो । अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासलाई हेर्दा जोखिम व्यवस्थापन राम्रो छ । ग्राहक सेवाका हिसाबले पनि हामी माथि छौं । राम्रो व्यवस्थापन छ । बैंकिङ उपकरण तथा सर्भिस विविधीकरणमा हामी संकुचित छौं । वैदेशिक लगानी ल्याउने कुरामा हामी साँघुरिएका छौं । विदेशबाट लगानी झिकाउनका लागि कानुनी आधार बलियो हुनुपर्छ । हामीका त्यसको अभाव छ ।
निक्षेप पौने १४ अर्ब र साढे ११ अर्ब रुपैयाँ छ । एनपीएल एक (०.६) प्रतिशतभन्दा बढी छ । सीसीडी रेसियोमा भने हामी माथि छौं । हाम्रो अहिले करिब ७४÷७५ जति सीसीडी रेसियो छ । कर्जा प्रवाहमा विविधीकरण छ । पोखरा पर्यटकीय नगरी भएकाले पर्यटन क्षेत्रमा हाम्रो लगानी बढी छ । हस्पिटल र शिक्षामा हाम्रो लगानी छ । पूर्वाधार निर्माणमा पनि हामीले लगानी गरेका छौं ।
वित्तीय रणनीतिले युनिभर्सल बैंकिङतर्फ अग्रसर छ । युनिभर्सल भनेको कमर्सियल बैंक जस्तो पनि होइन । इन्भेस्टमेन्ट बैंकिङ र कमर्सियल बैकिङका अवधारणा मिलेर युनिभर्सल बैंकिङ बन्दछ । राष्ट्र बैंकले वाणिज्य र विकास बैंकमा केही फरक व्यवहार गर्दै आएको छ । सेवा सुविधाका हिसाबले वाणिज्य बैंकलाई बढी छ । विकास बैंकलाई कम छ ।
यसका साथै जोखिम न्यूनीकरणमा हामी लाग्ने छौं । लगानीका साथै सञ्चालन जोखिम पनि छ । यसमा पनि सुधार गर्नुपर्ने हुन्छ । ग्राहक सेवालाई प्रविधिमैत्री बनाउने छौं । आश्वा प्रणालीमा हामी सबैभन्दा पहिला सहभागी भएका हौं । कुराकानीमा आधारित