अफगानिस्तानले नेपाललाई दियो १९६ रनको चुनौती

अफगानिस्तानले नेपाललाई दियो १९६ रनको चुनौती

काठमाडौं : अर्काे वर्ष न्युजिल्यान्डमा आयोजना हुने आईसीसी यू–१९ विश्व कप अन्तर्गत सिंगापुरमा जारी एसियाली छनोट खेलमा नेपाललाई अफगानिस्तानले १९६ रनको चुनौती दिएको छ ।

सिंगापुर क्रिकेट क्लबमा जारी खेलमा टस जितेर पहिले व्याटिङमा उत्रिएको अफगानिस्तानले ४६.५ ओभरमा अल आउट हुँदै विकेटको १९५ रन बनायो । अफगानिस्तानका लागि इबराइन जर्डनले सर्वाधिक १०१ रन बनाए ।

४४ औ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १९० रनको अवस्थामा रहेको अफगानिस्तानले ४५ औं ओभरमा लगातार तीन विकेट गुमाउँदा उच्च स्कोर बनाउनबाट रोकियो । ४५ औ ओभरमा नेपालका लागि साहब आलमले तीन विकेट लिएका थिए । नेपालका लागि साहब आलमको ४ विकेट, दिपेन्द्र ऐरीको ३ विकेट लिए भने कप्तान सन्दिप लामिछानेले  रोहितकुमार पौडेलले १-१ विकेट लिए।

यसअघि बिहीबार अफगानिस्तानसँगको खेलमा नेपाल १४१ रनले पराजित भएको थियो । अगानिस्तानले दिएको १९१ रनको लक्ष पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाइ ४९ रन मात्रै बनाउन सकेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.