अफगानिस्तानविरुद्ध आज पनि नेपालको खराब व्याटिङ

अफगानिस्तानविरुद्ध आज पनि नेपालको खराब व्याटिङ

काठमाडौं : आईसीसी यू–१९ विश्व कप अन्तर्गत सिंगापुरमा जारी एसियाली छनोट खेलमा अफगानस्तानले दिएको १९६ रनको लक्ष पछ्याइ रहेको नेपालले आज पनि खराब व्याटिङ गरिरहेको छ । नेपाललाई अफगानिस्तानले १९६ रनको चुनौती दिएको छ । १२ ओभरमा २४ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको छ ।

सन्दीप सुनुवार ६ रनमा आउट भए भने आशिफ शेख २ रनमा बनाएर आउट भए प्रनित थापा मगर खाता नै नखोली आउट भए । त्यसैगरी अनिलकुमार शाह ६ रनमा आउट भए। यस प्रतियोगितामा नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि व्याटिङमा निकै कमजोर प्रदर्शन गरिरहेको छ । टस जितेर पहिले व्याटिङ गरेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १९५ रन बनाएको थियो ।

यसअघि बिहीबार अफगानिस्तानसँगको खेलमा नेपाल १४१ रनले पराजित भएको थियो । अगानिस्तानले दिएको १९१ रनको लक्ष पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाइ ४९ रन मात्रै बनाउन सकेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.