अफगानिस्तानसँग नेपाल ९६ रनले पराजित

अफगानिस्तानसँग नेपाल ९६ रनले पराजित

काठमाडौं: आईसीसी यू १९ विश्वकपमा छनोट खेल अन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँँग पराजित भएको छ।

सिंगापुरमा सम्पन्न खेलमा अफगानिस्तानसंग नेपाल ९६ रनले पराजित भएको हो। सुरुमा ब्याटिङको निम्तो पाएको अफगानिस्ताले नेपाललाई १९६ रनको विजय लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४०.६ ओभरमा ९९ रन जोड्दा अलआउट भयो।

अन्य खेल जस्तै नेपालको ब्याटिङ आज पनि चल्न सकेन । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४८ रन जोड्नुबाहेक अन्य खेलाडीहरुलको प्रदर्शन भने फितलो देखियो। दिपेन्द्रले ८१ बल खेलेर ७ चौकार र १ छक्का प्रहार गरे ।

सुरुवातिका महत्वपूर्ण ब्याट्सम्यानहरु सस्तैमा गुमाउँदा नेपालको ब्याटिङ धरमराएको थियो। १२ ओभरमा २४ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो।

सन्दीप सुनुवार ६ रनमा आउट भए भने आशिफ शेख २ रनमा बनाएर आउट भए प्रनित थापा मगर खाता नै नखोली आउट भए । त्यसैगरी अनिलकुमार शाह ६ रनमा आउट भए। टस जितेर पहिले व्याटिङ गरेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १९५ रन बनाएको थियो।

यसअघि बिहीबार अफगानिस्तानसँगको खेलमा नेपाल १४१ रनले पराजित भएको थियो। अगानिस्तानले दिएको १९१ रनको लक्ष पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाइ ४९ रन मात्रै बनाउन सकेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.