अब समलिङगी पुरुष तथा सेक्स वर्कर्सले रक्तदान गर्न पाउने !
एजेन्सी: इङग्ल्याण्ड र स्कटल्याण्डमा समलिङगी पुरुष तथा सेक्स वर्कर्सले समेत रक्तदान गर्न पाउने भएका छन्। समलिङगी र सेक्स वर्कर्सको रक्त परीक्षणमा शुद्धता देखिन थालेपछि उनीहरुलाई रक्तदानको बाटो खुलेको बीबीसीले उल्लेख गरेको छ।
बीबीसीका अनुसार समलिङगी पुरुषले समेत सेक्स गरेको तीन महिनापछि रक्तदान गर्न सक्नेछन्। यो अवधि पहिला १२ महिना तोकिएको थियो।
यसका साथै सेक्स वर्कर्हरुले समेत तीन महिनापछि नै रक्तदान गर्न पाउनेछन्।यसअघि उनीहरुको हकमा भने रक्तदान गर्न पूरै प्रतिबन्ध लगाइएको थियो।
यसले धेरै मानिसलाई रगतको अभावमा मृत्युको मुखबाट जोगाउन मद्दत मिल्ने जानकारहरुले बताएका छन्। यसका लागि रगत, अंग र तन्तुको सुरक्षाका लागि नयाँ नियम बन्नेछ जसले गर्दा अगतको आपूर्तिका लागि डोनरहरुको आवश्यकता पर्दैन।