'तीन एसपी फेरिए, तर हत्याराको पहिचान खुलेन'

'तीन एसपी फेरिए, तर हत्याराको पहिचान खुलेन'

वीरगन्ज: पर्साको रामनगरीका नौ वर्षीय बालक राजन पटेलको हत्या भएपछि पर्सामा तीन जना एसपी फेरिए पनि अझै सम्म उनको हत्यारालाइ प्रहरीले पक्राउ भने गर्न सकेको छैन।

साविकको रामनगरी गाविस वडा नम्बर ८ का विनोद पटलका छोरा नौ वर्षिय राजन पटेलको हत्या भएको १० महिना बिति सक्दा पनि हत्याराको बारेमा प्रहरीले अहिले सम्म पत्ता समेत लगाउन सकेको छैन।

रामनगरी भइ केहि समय देखि वीरगन्जको राधेमाइमा आफनो काका बृजकिशोर पटेलसंगै बसेर वीरगन्जको ग्रेस माविको कक्षा २ मा अध्ययनरत नौ वर्षिय बालक राजन वीरगन्जको माइस्थानमा लागेको दशैं मेला हेर्न भनि गत असोज १९ गते बेलुकी सवा सात बजे तिर घरबाट निस्किएका थिए।

असोज १९ गते मेला हेर्न साथीहरुसंग घरबाट निस्किएका राजन असोज २० गते बिहान वीरगन्ज चीन मिलको आवास क्षेत्र पछाडिको सडकमा मृत अवस्थामा भेटिएका थिए।नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकले प्रहरीलाइ उपलब्ध गराएको पोष्टमार्टम रिपोर्टमा राजनको मुन्टो बटारेर हत्या गरिएको उल्लेख छ।

राजनको हत्या भएका बेला पर्सा प्रहरीको प्रमुख एसपी राजुबाबु श्रेष्ठ थिए।त्यसपछि कात्तिकमा उहाको सरुवा भएपछि पर्साको एसपीको रुपमा गोविन्द कुमार साह आएका थिए। साहलाई प्रहरी प्रधान कार्यालयले हेडकार्टरुमा झिकाएर पर्सामा अहिले एसपी सुदीप गिरीलाई पठाएको छ।

राजनको हत्या भएपछि पर्सामा तीन तीन जना एसपी पनि चेन्ज भइसके तर अहिले सम्म प्रहरीले हत्याराको पहिचान पनि गर्न सकेको छैन, राजनका काका बृज किशोर पटेलले भने, 'तीनै जना एसपीलाइ मैले पटक पटक भेटेको छु, उहाहरुले हामी गम्भिर रुपमा लागेका छौ भनेर भन्नु भयो तर उपलब्धी भने अहिले सम्म शुन्य छ।

हत्या हुनु भन्दा १५/२० दिन पहिले राधेमाइ टोलमै झण्डामुण्डा(खड्खडे)को जुवा खेलाउने युवकहरुलाइ राजनले प्रहरी बोलाइ पक्राउ गर्न लगाएको र त्यही निहुँमा ती युवाहरुले राजन सहित उनका तीन जना बालककहरुलाइ कुटपिट गरे पनि राजनले पछि फेरि पनि झण्डामुण्डा खेलाएका युवाहरुलाइ प्रहरी बोलाइ पक्रन लगाएकाले त्यसैको रिस साँध्न राजनको हत्या भएको हुन सक्ने मृतक राजनका काका बृजकिशोरले बताए।

आफना साथीहरुको समूहमा राजन अलि चलाक केटा थियो, उसले झण्डामुण्डा खेलाउने केटाहरुलाई प्रहरी बोलाएर पटक पटक पक्रन लगाएको थियो, त्यसकै निहुमा ती केटाहरुले राजन सहित उसका अरु दुइ जना साथीहरुलाइ कुटपिट गरेर खुकुरी देखाउदै मार्ने धम्की पनि दिएका थिए, काका बृजकिशोरले भने, 'तर यो कुरा राजनले उस बेला घरपरिवारमा भनेन, हत्या भएपछि मात्र उसका साथीहरुले हामीलाई यो कुरा भनेका हुन्।

प्रहरी बोलाएर पक्रन लगाएको निहुँमा नै ती केटाहरुले राजनको हत्या भएको हुन सक्ने आफूहरुको आशंका रहेको र यस बारेमा पनि प्रहरीलाइ आफुले जानकारी गराइसकेको काक बृजकिशोरले बताए।पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्रराज जोशीले पनि अनुसन्धानका क्रममा राजन अलि चलाक र उत्ताउलो प्रवृतिको केटा भएकाले उसको कुनै हर्कतबाट आक्रोशीत व्याक्तिले क्षणिक आवेगमा आएर हत्या गरेको हुन सक्ने बताए।

राजनको हत्या अनुसन्धानमा प्रहरी सुरुदेखि नै अत्यन्त गम्भीर रुपमा लागि परेको छ, उनले भने, 'तर अहिले सम्म ठोस उपलब्धि भने प्राप्त भइसकेको छैन, हत्याराको नजिक नजिकमा हामी पुग्न थालेका छौ।'

हालै सरुवा भएर पर्सामा आउनु भएका एसपी गिरीले पनि राजन हत्या घटनाको अनुसन्धान आफनो पहिलो प्राथमिकतामा रहेको बताए।'म आएको धेरै दिन त भएको छैन, त्यसैले यस बारेमा अहिले धेरै कुरा बोल्न सक्ने अवस्थामा म छैन्, एसपी गिरीले भने,'तर राजन घटनाको फाइल मेरो अनुसन्धानको प्राथमिकतामा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.