अफगानिस्तानमा हवाई कारबाहीमा १४३ मारिए

अफगानिस्तानमा हवाई कारबाहीमा १४३ मारिए

मैमाना (अफगानिस्तान): अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सैनिकले गरेको हवाई आक्रमणमा परी नौ जना कमाण्डरसहित १४३ भन्दा बढी आतङ्ककारी मारिएका छन्।

यस आक्रमणमा परी अन्य १७ आतङ्ककारी घाइते भएका छन। अफगान सेनाको स्रोतले मङ्गलबार सो जानकारी दिएका छन्।

सुरक्षाबलले तालिवानको आखडालाई लक्षित गरेर कोहिस्तान जिल्लाका केही स्थानमा गरेको यस्तो कारबाहीमा उनीहरु मारिएका हुन्।

उत्तरी प्रान्तमा अवस्थित कोहिस्तान जिल्लाका खैराबाद, क्युदुघक क्युरुघ, लास र चसमाइ सन्गीन क्षेत्रमा गरेको हवाई आक्रमणमा १४३ आतङ्ककारी मारिनुको साथै अन्य १७ जना घाइते भएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

तालिवन आतङ्ककारी समूहले गत आइतवार कोहिस्तान जिल्ला कब्जा गरेका थिए । सो क्षेत्र पुनःनियन्त्रणको लागि सुरक्षाबलले कारबाही जारी राखेका थिए । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.