छोरी भगाएको झोकमा अपहरण

छोरी भगाएको झोकमा अपहरण

जनकपुरधाम : छोरी भगाएको झोकमा अपहरण गर्ने धनुषाको एक परिवारसहित केही युवा प्रहरीको फन्दामा परेका छन्। चक्कर गाउँपालिका ७ निवासी जगदीश दासकी विवाहित छोरी रिना छिमेकी गाउँ विदेह नगरपालिका ८ बफै बस्ने लक्ष्मी दासका कान्छा छोरा मिथलेश दाससँग भागेकी थिइन्।

छोरी घरबाट भागेपछि गाउँ समाजमा इज्जत गएको भन्दै जगदीशकी ५५ वर्षीया श्रीमती शोभादेवी र उनका २७ वर्षीय छोरा रामसुफलले लक्ष्मी दासको परिवारलाई केटी फर्काउन दबाब दिन थालेका थिए।

तर, एक साता बितिसक्दा पनि छोरी नर्फिएपछि शोभाले आफ्ना छोरासँग मिलेर लक्ष्मीका जेठा छोरा २४ वर्षीय कमलेश्वरलाई अपहरण गर्ने योजना बनाइन्। सोही योजनाअनुसार शोभा र उनका छोरा रामसुफलले तीनजना युवाको सहयोगमा कमलेश्वरको अपहरण गरे।

रामसुफलका साथीहरू तारापट्टी १ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमरपुरा ३ का १८ वर्षीय एसानुल राइन र १९ वर्षीय आदम नदाफका साथमा मिलेर साउन ६ गते महिनाथपुरबाट कमलेश्वरको अपहरण गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए।

उनीहरूले कमलेश्वरलाई जनकपुरस्थित भ्रमरपुरा चोकमा आदम नदाफको घरमा एक दिन राखेर ७ गते जनकपुर ९ स्थित रामचन्द्र दासको घरमा ल्याएर बन्धक बनाएका थिए। शोभा र उनका छोराले मिलेर कमलेशलाई कुटपिट गर्दै यातनासमेत दिए। उनीहरूले चक्कु र ह्याक्सो ब्लेड देखाएर आफ्नी छोरी नफर्किए मारिदिने धम्कीसमेत दिएका थिए।

अपहरणमा संलग्नहरूले कमलेश्वरको परिवारलाई पनि फोन गरी छोरी नफर्किए छोरालाई मार्ने धम्की दिएका थिए। पीडित परिवारले प्रहरीलाई यस विषयमा जानकारी गराई कमलेश्वरको खोजी गरिदिन अनुरोध गरेको थियो। अपहरणमा परेका कमलेश्वर आइतबार बिहान करिब ३ बजे बन्धक बनाइएको कोठामा भएको भेन्टिलेसनबाट भाग्न सफल भएको र उनले प्रहरीसँग सम्पर्क गरी आफूलाई बचाउन अनुरोध गरेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए। प्रहरीले कमलेश्वरलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि घटनाको विषयमा विस्तृत जानकारी आएको हो।

कमलेश्वरको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले शोभा, उनका छोरासहित अन्य सहयोगी तीन युवालाई पनि नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट चक्कु, ह्याक्सो ब्लेड र मोबाइल बरामद गरिएको छ।

पक्राउ परेका सबैमाथि अपहरण तथा शरीर बन्धक अपराधमा मुद्दा चलाइएको छ। विवाहित भएर पनि अन्य युवकसँग भागेकी रिनाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा छन् भने उनले आफ्नो दूधे बालकलाई समेत माइतमै छाडेर गएकी छन्। रिना र मिथिलेश कहाँ छन् भन्ने विषयमा घरपरिवारलाई कुनै जानकारी नभएको उनको परिवारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.