भवन भत्किँदा ६ जनाको मृत्यु,३० जना पुरिएको आशंका
मुम्बई : भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किदा ६ जनाको मृत्यु भएको छ भने ३० जना पुरिएको आशंका गरिएको छ । यस घटनाबाट नौ व्यक्तिलाई उद्धार गरिएको र भवन भग्नावशेषमा पुरिएर दर्जनौ व्यक्ति रहेका उद्धारकर्ताले आशङ्का गरेका छन् ।
अग्नी नियन्त्रक कार्यायलका एक अधिकारीका अनुसार यस घटनाको उद्वारकार्य लगातार जारी रहेको र करिब तीन दर्जन व्यक्ति अझै भवन भग्नावशेषमा पुरिएका छन् ।
यस घटनामा उद्वार गरिएका नौ व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताइएको छ।
यो भवन केकति कारण भवन भत्किँएको हो सो कारण हाल पत्ता लागेको छैन। मुम्बइको घाटकोपार क्षेत्र रहेको सो पाँच तल्ले भवन भत्किएको थियो ।
भारतमा भवन भत्किँनु एक साधारण घटनाका रुपमा रहेको छ । बारम्बार यस्तो घटना भइरहेको पाइन्छ ।
सन् २०१३ मा मुम्बईमा गैरकानूनीरुपमा निर्माण भएको एक भवन भत्किँदा ७४ व्यक्तिको मृत्यु भएको थियो । यसलाई एक दशकभित्रको नै खराव घटनाको रुपमा लिइएको थियो ।
रासस/सिन्ह्वा/एपी