काठमाडौं उपत्यकामा २५ लाख विरुवा रोप्ने योजना
काठमाडौं : सहरी विकास मन्त्री प्रभु साहले काठमाडौं उपत्यकामा २५ लाख विरुवा रोप्ने योजना बनाएका छन्।
मन्त्री साहले आफूहरुले उपत्यकामा २५ लाख विरुवा रोप्ने गरी तयारी गरिरहेको जानकारी दिए। यो वर्ष कम्तिमा २५ लाख ठूला विरुवा रोप्ने विषयमा आफूहरुले छलफल चलाइरहेको मन्त्री साहले बताए।
त्यसरी रोपिने विरुवा सौन्दर्यका लागि भन्दा पनि स्वास्थ्यका लागि विशेष हुनेमा जोड दिँदै ठूला प्रजातिका रुखका विरुवा हुने मन्त्री साहले जानकारी दिए।
‘साना विरुवा सौन्दर्यका लागि मात्रै हो, त्यस प्रकारका विरुवा रोप्दा सौन्दर्य त बढ्ला तर त्यसले स्वास्थ्यमा खासै प्रभाव पार्ने देखिन्न’, मन्त्री साहले भने, ‘त्यसैले हाम्रो प्रयास भनेको ठूला प्रजातिका विरुवा रोप्नेमा हुन्छ, जसले आगामी १०२० वर्षमा उपत्यकाको मुहार फेरियोस्।’