माइक्रोबस ठोक्‍किदा २० घाइते (फोटो फिचर)

माइक्रोबस ठोक्‍किदा २० घाइते (फोटो फिचर)

गजुरी (धादिङ): पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नं २ स्थित छहरामा २ माइक्रो बस एक ठक्कर खाँदा दुवै माइक्रोका २० जना घाइते भएका छन्।

काठमाडौँ बाट चितवन तर्फ जादै गरेको बा. ३ ख. ३८ नम्बरको र गोर्खा बाट काठमाडौँ तर्फ जादै गरेको ग. १ ज. ५८७० नम्बरको माइक्रो बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा दुवै माइक्रोबसका चालक सहित २० जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ। घटना २ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाइ गजुरी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ पठाइएको छ।

दुवै माइक्रोबस तीव्र गतीमा रहेका कारण दुर्घटना भएको हुनसक्ने र थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.