ब्रेक्जिटका कारण जर्मन औद्योगिक आपूर्तिमा समस्या आउनेः प्रतिवेदन
बर्लिन (जर्मनी): बेलायतको यूरोपियन यूनियन (इयू)बाट बहिर्गमन हुने चर्चासँगै जर्मनीमा रहेका उद्योगबाट अन्तर्राष्ट्रिय आपूर्तिमा समस्या आउने मङ्गलबार प्रकाशन भएको कोलोग्नी इन्ष्टिच्युट फर इकोनोमिक रिसर्च (आइडब्लु)द्वारा प्रतिवेदनमा बताइएको छ।
वर्तमान जटिल आपूर्ति संयन्त्र ब्रक्जिटसँगै तोडिने अवस्था उद्योगका लागि खरावखालको परिवेश हुनसक्ने, प्रतिवेदन तयार पार्न प्रमुख भूमिका खेल्नुभएका बर्थवल्र्ड बुशले बताए।
हरेक उद्योगका निजी हिस्साहरू उद्योगको उत्पादनको अन्तिम स्वरूपमा जोडिनु पहिले कैंयौ राष्ट्रिय सीमाना पार गर्ने र इयूको एकताले क्षेत्रीय उद्योगको सम्बन्ध दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको प्रतिवेदनको ठहर छ।
सन् २०१४ मा बेलायती फर्म तथा कम्पनीले झण्डै दुई खर्व अमेरिकी डलर बराबरको प्रारम्भिक सामग्री इयू सदस्य राष्ट्रमा आपूर्ति गर्ने गरेको र यसमध्ये ३६ अर्व जर्मनीमा मात्र जाने गरेको बताउदै यस्तो सहकार्य अव खतरामा परेको छ।
यदि स्वतन्त्र व्यापार सम्झौता नहुने हो भन जर्मनीको औद्योगिक क्षेत्र नराम्रोसँग प्रभावित हुँने बुशको भनाई छ। रासस/सिन्ह्वा