कर्णाली राजमार्गको पहिरो हटाउने कार्य सुस्त, यात्रु आक्रोशित

कर्णाली राजमार्गको पहिरो हटाउने कार्य सुस्त, यात्रु आक्रोशित

जुम्ला : आइतबार राति कर्णाली राजमार्गमा गएको पहिरो हटाउने कार्य सुस्त गतिमा चलिरहेको छ । कालिकोटको एसमोडदेखि दहीखोलामसम्म डेढ दर्जन बढी ठाउँमा पहिरो गएपनि पहिरो पन्छाउने कार्य सुस्त गतिमा चलेको छ । कालिकोटको कालिका गाउँपालिका वडा नम्बर १ देखि दैलेखको दहीखोलासम्म करिब १८ ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

दैनिक दर्जनौं गाडीमा याुत्रहरु आहोरदोहोर गर्ने यस राजमार्गको पहिरो हटाउने कार्य सुस्त गतिमा चलेका कारण अझै दुई-तीन दिनसम्म राजमार्ग खुल्न नसक्ने देखिएको छ । राजमार्गमा हाल सडक डिभिजन कार्यालय कालिकोटका दुईवटा स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका छन् । बीचमा नयाँ ट्रयाक नै खोल्नुपर्ने र ठूलो पहिरो गएका कारण अँझै केही दिनसम्म पहिरो पन्छाउन नसक्ने देखिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पहिरो ठूलो भएका कारण जुम्लाबाट ठूलो स्काभेटर पठाउने भनिएपनि मंगलबार साँझसम्म पुग्न सकेको छैन ।


जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार पाँच किलोमिटर सडकखण्ड पहिरोका कारण अबरुद्ध भएको छ । एसमोड र घट्टेखोला बीचमा रहेको गोगने खोलामा १० मिटरजति सडक खण्ड पूरै खसेका कारण नयाँ ट्रयाक नै खोल्नुपर्ने प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार साना दुईवटा स्कोभेटरले मंगलबारसम्म केही ठाउँमा मोटरसाइलसम्म छिर्नसक्ने पहिरो पन्छाएपनि करिब ८० प्रतिशत भन्दाबढी पहिरो पन्छाउन बाँकी नै छ । वर्षात नरोकिएकाले पहिरो पन्छाएको ठाउँमा पुन ढंगा माटो खस्ने क्रम जारी रहेका कारण समस्या देखिएको छ । ‘स्काभेटरले पहिरो पन्छाउँदै गएको छ, तर निरन्तर वर्षातले पुन माटो खस्न थालेपछि समस्या उत्पन्न भएको छ ,’ उनले भने ।


घट्टेखोला र दहीखोलामा गएको पहिरो सानो स्काभेटरले पन्छाउन सम्भावना नभएको पहिरो पन्छाउने कार्यमा संलग्न प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सुर्खेत र जुम्लादेखि ठूला स्काभेटर अँझैसम्म पुगेका छैनन् । जसका कारण राजमार्ग अबरुद्ध भएपछि सयौं यात्रुहरु बाटैमा अलपत्र परेका छन् । जुम्ला तथा कालिकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाने यात्रुहरु कालिकोटको हुम्मदेखि दहीखोलासम्म करिब १० किलोमिटर बढी हिडेर पुग्ने र अर्को गाडी चढ्ने गरेका छन् । बाटो पन्छाउने काममा ढिलाई गरेका कारण यात्रुहरुलाई समस्या परेको काठमाडौंदेखि जुम्ला आउँदै गरेका जुम्लाका मयदाल देवकोटाले बताए । पहिरो पन्छाउने कार्यमा यात्रुहरुले पनि सहयोग गरिरहेपनि सरोकारवाला निकायबाट हालसम्म तीव्र गतिमा काम नभएको उनले गुनासो पोखे । निरन्तर बाटोमा वर्षात भइरहेकोले यात्रुहरुलाई विभिन्न रोगको संक्रमण हुनुका साथै सामानहरु समेत हराउने भन्दै आक्रोश पाखे ।

यसअघि पनि घट्टेखोलामा पुल नभएका कारण हरेक वर्षातको समयमा सवारी साधनहरु केही दिनसम्म जाममा पर्ने गरेका् थिए । पुलको कामको ठेक्का लिएका ठेकेदार पुल नै नबनाइकन भागेका कारण अधिकांश खोलामा पहिरोको जोखिम देखिएको चालकहरु बताउँछन् । बाटो अवरुद्ध हुँदा आफूहरुलाई खान र बस्नको लागि समस्या भएको सुर्खेतदेखि मगुका लागि हिँडेका यात्रु रणवीर कुँवरले बताए । मार्गका लागि अर्बौ रकम खर्च गरेपनि ढुक्कसँग हिड्न सक्ने अवस्था नभएको भन्दै कुँवरले आक्रोश पोखे । सुर्खेतदेखि दुईदिनको यात्रा तय गरेर सवारी चढेपनि पहिरोका कारण एकहप्ता लाग्ने देखिएको उनको भनाइ छ । राजमार्ग अबरुद्ध हुँदा जुम्ला, मुगु र कालिकोटदेखि सुर्खेत हुँदै नेपालगन्जतर्फ हिँडेका र नेपालगन्जबाट सर्खुेत हुँदै जुम्लासम्म आउँदै गरेका सवारी साधनहरु बाटोमै रोकिएका छन् । सवारीसाधन नचल्दा यात्रुहरु बाटोमा अलपत्र परेका छन् ।

विसं २०६३ सालमा ट्रयाक खुलेको कर्णाली राजमार्गको स्तरोन्नतिमा ध्यान नपुग्दा प्रत्येक वर्ष कर्णाली वासीले सास्ती भोग्नुपरेको छ । राजमार्ग सञ्चालनमा आएदेखि हवाई यातायात सञ्चालनमा कमी आएको छ । तर वर्षातमा हवाई याताया पनि नचल्ने र पहिरोका कारण सडक यात्रा जोखिम हुने भएकाले कर्णाली वासीले निकै सास्ती व्यहोर्नु परेको छ ।

राजमार्गको ट्रयाक खुलेपछि एकपटकको समान्य कालोपत्रे बाहेक अन्य स्तरोन्ती हुन सकेको छैन । बोटोमा रहेका ढुंगाहरु पन्छाउन नसक्दा वर्षेनी पहिरोका कारण दर्जनौं यात्रुले ज्यान समेत गुमाउनु परेको छ । राजधानी नजिकैका बाटोमा सामान्य पहिरो आउँदा समेत सरकारको ध्यान पुग्ने तर कर्णाली राजमार्गमा पहिरो जाँदा यात्रुहरुको हालत समेत नबुझ्ने भन्दै कर्णालीबासीले आक्रोश पोखेका छन् । यस्तै बाटोमा अधिकांश पहिरो आउने खोलामा पुल निर्माण नहुँदा समान्य रुपमा बनाएको बाटो पहिरोका कारण विग्रने र राजमार्ग अबरुद्ध हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.