सामुदायिक वनमा चितुवा मृत भेटियो
बर्दिया : बर्दियाको एक सामुदायिक वनमा चितुवा मृत भेटिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवा स्थित राधाकृष्ण थारु महिला सामुदायिक वनमा पोथी चितुवा मृत भेटिएको हो ।
मृत भेटिएको चितुवाको ६ फिट लम्वाई, २२ ईन्च चौडाई रहेको जिल्ला वन कार्यालय बर्दियाका सहायक वन अधिकृत सितेस महतोले वताए । उनले भने ‘अनुमानित ३ वर्ष उमेर रहेको पोथी चितुवा हो ।’
सामुदायिक वनभित्र सिमलको रुखमा चढ्ने क्रममा नजिकै रहेको विजुलीको तारमा ठोकिँदा करेन्ट लागेर मरेको प्रारम्भिक अनुमान वन कार्यालयको छ । मृत चितुवालाई जिल्ला वन कार्यालय बर्दियामा ल्याईएको महताले बताए । उनले भने ‘चितुवा कसरी म¥यो भन्ने सम्वन्धमा अनुसन्धान भैरहेको छ, पोष्टमार्टम पश्चात थप पुष्टि हुन्छ’