पाठ्यपुस्तकको पहिलो पृष्ठमा बुद्ध र पृथ्वीनारायणको तस्बिर राख्‍न माग

 पाठ्यपुस्तकको पहिलो पृष्ठमा बुद्ध र पृथ्वीनारायणको तस्बिर राख्‍न माग

काठमाडौं: राप्रपा निकट विद्यार्थी संगठन राप्रविसंले हरेक पाठ्यपुस्तकको पहिलो पेजमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्बिर राख्‍न माग गरेको छ। बुधबार संगठनले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।

विज्ञप्तिमा भनिएको छ 'जुन देशमा राष्ट्र निर्माताको अपहेलना हुन्छ त्‍यो देशमा विकासको मूल सुकेर जान्छ, अहिलेका गणतन्त्रवादीहरुले राष्ट्रनिर्मातालाई सम्झन पनि लायक ठानिदैन। फलस्वरुप जनताले दु:ख भोगिरहेका छन्।'

यस्तै राप्रविसंले गणतन्त्रको उदय पश्चात राष्ट्रनिर्मातालाई पनि सामन्तकै टोकडीमा सीमित राखेकोमा आपत्ति जनाएको छ। नयाँ पुस्तामा नेपालीमा रहेको बुद्धत्व, वीरता र गौरवपूर्ण इतिहासको गाथा उत्तिकै सम्मानमा राख्न र राष्ट्र निर्मातालाई हरेक ढुकढुकीमा पुर्‍याउन पाठ्यपुस्तका माध्यम उपयोगी रहेको राप्रविसंको ठहर छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.