भारतीय राष्ट्रपतिको ट्विटर नामसारी भएपछि..

भारतीय राष्ट्रपतिको ट्विटर नामसारी भएपछि..

एजेन्सी: भारतको नयाँ राष्ट्रपतिमा नियुक्त भएपछि रामनाथ कोविन्दको माइक्रो ब्लग ट्विटरमा केही घण्टामै ३ लाख बढी फलोअर्स देखाइयो। २५ जुलाईमा सपथ लिएका रामनाथले सपथ लिए। त्‍यसपछि उनको नाममा ट्विटर अकाउन्ट तयार गरियो। ट्विटरको युजर नेम rashtrapatiBhvn राखिएको छ। यसको फलोअर्स ३ लाख बढी छ।

 

भारतीय सञ्चार माध्‍यमले भने नवनियुक्त राष्ट्रपति रामनाथ कोविन्दले ट्विटर खोलेको केही घण्टामै ३ लाख भउको खबर प्रसारण गरेका थिए। तर खासमा त्‍यो एकाउन्ट भने पुरानै हो जसलाई पूर्व राष्ट्रपति प्रणव मुखर्जीले आधिकारिक ट्विटका लागि प्रयोग गर्दै आएका थिए।

यस्तै प्रचलन अमेरिकासहित विकसित राष्ट्रका प्रमुखहरुले स्टेट हेडको रुपमा अंगाल्दै आएका छन्। यता, ट्विटरले भने पुरानो ट्विटर अकाउन्टलाई परिवर्तन गरेर नयाँ राष्ट्रपति रामनाथको नाम बनाइदिएको छ। साथै पुराना ट्विटहरुलाई पूर्वराष्ट्रपति प्रणवको नाम president pranab मा सुरक्षित तरिकाले संग्रहित गरिदिएको छ।

ट्विटरका अनुसार जसले पहिलेदेखि नै राष्ट्रपतिको एकाउन्ट फलो गरेका थिए। उसले त्‍यो अब नयाँ राष्ट्रपतिको नाममा र पुरानो ट्विटहरुलाई प्रणवको लाई फलो गर्न सकिन्छ।

यस्तै प्रणव मुखर्जी ट्विटरमा आउने भारतका पलिहो राष्ट्रपति हुन्। उनले पहिलो ट्विट सन् २०१४ जुलाई १ मा गरेका थिए भने आफ्नो व्‍यक्तिगत ट्विटर युजरनेम PresidentMukharjee प्रयोग गरेका थिए। उनको एउटा ट्विट सर्वाधिक चर्चित धभएको थियो। जसलाई ११ हजारले रिट्विट गरेका थिए भने २६ हजारले लाइक गरेका थिए।

यस्तै अबको नयाँ राष्ट्रपति रामनाथले पनि प्रेसिडेन्ढ कोविन्द प्रयोग गर्ने र #presidentKovinda ह्‍यासट्‍याग गर्ने भारतीय सञ्चारमाध्‍यमहरुले उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.