दुवै आँखा नदेख्ने कलाकारलाई आर्थिक सहयोग

दुवै आँखा नदेख्ने कलाकारलाई आर्थिक सहयोग

काठमाडौं : दुवै आँखा नदेख्ने कलाकारको उपचारका लागि यूरोपमा बस्दै आएका नेपालीले उपचार खर्च जुटाई दिएका छन्। धनकुटाकी प्रगति हिङनामको उपचारका लागि यूरोपमा रहेका तीन संस्थाले उपचार खर्च जुटाइदिएका हुन्।

विगत १३ वर्ष यता प्रगतिले दुवै आँखा देख्दिनन्। सानै उमेरमा आँखामा फुलो परेपछि दायाँ आखा नदेख्ने भएकी प्रगतिको बायाँ आँखा भने २०६१ सालमा गुमेको थियो। उनको बायाँ आँखा बारुद पडकेर गुमेको थियो।

उपचारका क्रममा देब्रे आँखाको नसा मरेको छैन भने आँखा राख्न मिल्ने र त्यसका लागि मास्टर चेक अप गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि प्रगति आर्थिक सहयोगको अपेक्षामा थिइन्। त्यही क्रममा उनको उपचारका लागि माओवादी प्रवक्ता पम्फा भुषालले बेल्जियममा रहेको संस्थासँग पहल गरिदिएपछि उनले बुधबार आर्थिक सहयोग पाएकी हुन्।

संयुक्त नेपाली मोर्चा यूरोप, प्रगतिशिल महिला मञ्च र जनप्रगतिशिल मञ्च बेल्जियमले संयुक्त रुपमा प्रगतिको उपचारका लागि बुधबार एक लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बीच प्रगतिशिल महिला मञ्चकी सुस्मा भुषालले उक्त रकम हस्तान्तरण गरेकी थिइन्।

प्रगति अहिले पनि माओवादी निकट जनकलाकार संघमा आवद्ध छिन्। उनले ०६८ सालदेखि सामना परिवारसाग आवद्ध भएर प्रगतिशिल गीत गाउँदै आइरहेकी छिन्। आथिर्क सहयोग पाएपछि प्रगतिका श्रीमान् विहानी विकले खुसी व्यक्त गरे। उनले भने, ‘मेरी श्रीमतीले आँखा देख्न सक्ने भइन् भने आफूमाथी लगाइएको गुण कहिल्यै बिर्सन सक्दिन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.