तीनकुनेमा पुल भत्किदा बानेश्वर–कोटेश्वर सडकखण्डमा सर्वसाधारणलाई सास्ती

तीनकुनेमा पुल भत्किदा बानेश्वर–कोटेश्वर सडकखण्डमा सर्वसाधारणलाई सास्ती

काठमाडौं: कोटेश्वरबाट नयाँ बानेश्वरतर्फ गइरहेको एउटा मोटरसाइकलले बुधबार बिहान बाग्मती पुलमा भएको जाममा एक जना साइकल सवारलाई ठक्कर दियो। साइकलसँगै सवार पनि लडे। उनको देब्रे हातको कुहिनो खुइलियो।

तीनकुनेको बाग्मती पुलमा सोमबार जेब्राक्रसमा हिँडिरहेका एक यात्रुलाई एउटा मोटरसाइकलले ठक्कर दिएर हातै चलाउन नसक्ने बनायो। त्यसको अघिल्लो दिन दक्षिणबाट पुलतर्फ उक्लिरहेको एउटा कारलाई जेसीभी डोजरले ठक्कर दियो। कार कुच्चियो।

यात्रु, साइकल र कारचालक बाग्मती पुलमाथि दुर्घटनामा पर्ने केही प्रतिनिधि पात्र मात्र हुन्। करिब ३ वर्षअघि आठ लेन बनेको तीनकुने–माइतीघर खण्डमा तीनकुनेस्थित चार लेनको पुल अहिले भत्केर साँघुरो बन्दा हुने जामको सास्ती भोग्दै आएका सवारीचालक, यात्रु र ट्राफिक प्रहरी दुई सातादेखि दोब्बर सास्तीमा छन्।

चार लेन पुलको उत्तर र दक्षिणमा दुई नयाँ पुल बनाउने क्रममा तीनकुनेतर्फको पूर्वपट्टिको भाग भासिँदा दैनिक हजारौं सवारीसाधन, बटुवा र ट्राफिक प्रहरीले सास्ती भोग्नुपरेको हो। शुक्रबारदेखि सोही क्षेत्रमा खटिएका महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरका प्रहरी जवान सत्तुनप्रसाद धोबी बिहान तीन र साँझ तीन घन्टा हुने जामको व्यवस्थापन गर्न अत्यन्त सकस हुने बताउँछन्।

'जाम हुन थालेपछि यात्रुलाई बाटो कटाउनै नसकिने हुन्छ। सबै चालकलाई हतार हुन्छ, हतारले दुर्घटना भइहाल्छ’, उनले अन्नपूर्णसँग भने, 'दुई दिनअघि साँझ ५-८ बजेसम्म हामी ७ जना ट्राफिकलाई जाम खुलाउन हम्मे-हम्मे पर्‍यो।' 

चार लेन पुलको उत्तर र दक्षिणमा दुई नयाँ पुल बनाउने क्रममा तीनकुनेतर्फको पूर्वपट्टिको भाग भासिँदा दैनिक हजारौं सवारीसाधन, बटुवा र ट्राफिक प्रहरीले सास्ती भोग्नुपरेको हो।

उनका अनुसार पुलछेउको खाल्डो टिनले बारेको र त्यसको छेउबाट पुलतर्फ जाँदा अर्को तर्फबाट आउने सवारीसाधनले नदेख्ने भएकाले ठोक्किने मात्र होइन, ज्यानकै जोखिम बढेको छ। साँझबिहान धेरै जाम हुँदा पूर्वतर्फ कोटेश्वर र पश्चिमतर्फ बानेश्वरसम्म पुग्ने गर्छ।

सरकार समयमै सचेत नहुँदा करिब तीन वर्षदेखि सडक प्रयोगकर्ताले त्यस क्षेत्रमा सास्ती पाएका र अझै कम्तीमा दुई वर्ष सास्ती पाइरहने देखिन्छ। बाग्मतीजस्तै बिजुलीबजार र बबरमहल जोड्ने पुलको दायाँ-बायाँ पनि सडक फराकिलो पार्ने क्रममा पुल नबन्दा सडक प्रयोगकर्ता उस्तै मारमा छन्।

सडक फराकिलो भएको अढाई वर्षपछि चार पुलको डिजाइन तयार पारेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ६ महिनामा तयार पार्नुपर्ने डिजाइनमा डेढ वर्ष लगाएको छ। माघमा सुरु भएको पुल निर्माण आगामी असारसम्म सम्पन्न गरिसक्नुपर्छ।

अहिलेसम्म निर्माणमा खासै प्रगति नभएकाले समयमा पुल बन्नेमा सर्वसाधारण आशंका गर्छन्। बाग्मतीमा ८५÷८५ मिटर लम्बाइका दुई पुल २१ करोड २३ हजार रुपैयाँ र बिजुलीबजारमा ५०/५० मिटरका दुई पुल १३ करोड १३ लाख ८५ हजार रुपैयाँमा निर्माण ठेक्का क्रमशः पप्पु कन्स्ट्रक्सन र जे. ई. कन्स्ट्रक्सनले लिएका छन्।

आयोजना प्रमुख दीपक केसीले बर्खा लागेकाले असारदेखि भदौसम्म बिजुलीबजारको पुलको काम रोकिएको तर बाग्मती पुलको उत्तरतर्फ बाटोसमेत भत्किएकाले बर्खाकै समय भए पनि काम भइरहेको जानकारी दिए।

उनले भने, 'जग निर्माणकै क्रममा बाग्मतीको पुल पूर्व खाल्डो भएकाले पम्पसेट लगाएर पानी फालेर पनि काम गरिरहेका छौं। खाल्डो पुरे जगको काम नहुने भएकाले सडक प्रयोगकर्ताको सास्तीलाई ध्यानमा राख्दै जगको काम सकेर दुई साताभित्र खाल्डो पुर्ने गरी काम भइरहेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.