निजी आवास बनाउँदै 'पुनर्निर्माण प्राधिकरण'

निजी आवास बनाउँदै 'पुनर्निर्माण प्राधिकरण'

काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले साउनदेखि निजी आवास निर्माणलाई प्राथमिकता दिने भएको छ। निजी आवाससँगै जोखिमयुक्त बस्ती स्थानान्तरणको कामलाई तीव्रता दिन लागेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले चालु आर्थिक वर्ष शैक्षिक, स्वास्थ्य संस्था, सरकारी भवन, पुरातात्विक सम्पदा, गुम्बा र सडक पुनर्निर्माणलाई महत्व दिने भएको छ। ३१ जिल्लामा निजी आवास अनुदान वितरण गर्ने काममा रहेको प्राधिकरणले हालसम्म ४४ हजार ९ सय २६ घर निर्माण भएको र १ लाख १२ हजार ५ सय ७९ घर निर्माण सुरु भएको जनाएको छ।

प्राधिकरणको तथ्यांकअनुसार ७ लाख ४९ हजार ७ सय ९६ लाभग्राहीमध्ये ६ लाख २८ हजार ८ सय २२, पहिलो किस्ता पाउनेमा ५ लाख ९४ हजार १ सय ५०, दोस्रो किस्ता पाउनेमा ५१ हजार ५ सय ८९ र तेस्रो किस्ता पाउनेमा २ हजार ५ सय ९० परिवार छन्। जोखिमयुक्त भनी ६ सय ६२ बस्तीको अनुमान गरिएकोमा सबैको भौगर्भिक अध्ययन भई १ सय ३६ वटा बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ।

सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट ५६ जोखिमयुक्त बस्तीको अध्ययन भइरहेको छ भने ५ वटा त्यस्ता बस्ती स्थानान्तरणका लागि प्राधिकरणले विस्तृत अध्ययन गरिरहेको छ। २ वर्ष ३ महिनाको अवधिमा आएका २ लाख ७ हजार ८ सय ६१ भूकम्पप्रभावितका गुनासामध्ये हालसम्म १ लाख ९३ हजार ४ सय ३१ को किनारा लगाएको भए पनि अझै १५ हजार गुनासा सम्बोधन गर्न बाँकी छ।

पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्ष निजी आवाससँगै शैक्षिक र स्वास्थ्य संस्था, सरकारी भवन, पुरातात्विक सम्पदा, गुम्बा तथा सडक पुनर्निर्माणलाई महत्व दिने भएको छ।

प्राधिकरणका प्रवक्ता यामलाल भुसालले चालु आवमा निजी आवास निर्माणमा बढी केन्द्रित हुने जानकारी दिए। उनले अन्नपूर्णसँग भने, 'यससँगै जोखिमयुक्त बस्ती स्थानान्तरण, शैक्षिक र स्वास्थ्य संस्था, सरकारी भवन, पुरातात्विक सम्पदा, गुम्बा र सडक पुनर्निर्माणलाई महत्व दिनेछौं।' भूकम्पमा परी १ सय ३३ पूर्ण र ६ सय १७ आंशिक गरी ७ सय ५० सम्पदामा क्षति पुगेको थियो। हाल ६७ सम्पदाको मर्मत, संरक्षण र पुनर्निर्माण भइसकेको छ भने १ सय ११ सम्पदाको पुनर्निर्माण जारी छ।

पुनर्निर्माण गर्नुपर्ने विद्यालयको संख्या ८ हजार ६ सय ८० रहेकोमा हालसम्म २ हजार ४ सय ५६ को पुनर्निर्माण भइसकेको र १ हजार ६ सय १ वटाको निर्माण जारी रहेको उनको भनाइ छ। भुसालका अनुसार स्वास्थ्य क्षेत्रमा १ हजार १ सय ९७ क्षतिमध्ये ५ सय ४४ को पूर्ण क्षति भएको थियो।

जसमा २ सय ३० को पुनर्निर्माण सम्पन्न भएको, १ सय ४० पुनर्निर्माण भइरहेको, ४ सय ९५ को मर्मत भइरहेको छ। ४ सय ८४ सरकारी भवन पुनर्निर्माण गर्नुपर्नेमा ९८ सम्पन्न भएको १ सय २८ को निर्माण भइरहेको छ। भूकम्पले प्रभावित गरेका ५० ग्रामीण सडकमध्ये १८ वटाको काम भइरहेको छ भने २ सय २६ किलोमिटर सडकको ठेक्का सम्झौता भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.