भारतको पहिलो ओलम्पिक पदक बिक्रीमा

भारतको पहिलो ओलम्पिक पदक बिक्रीमा

मुम्बई: भारतले व्यक्तिगत स्पर्धामा जितेको पहिलो ओलम्पिक पदक बिक्रीमा राखिएको छ । सन् १९५२ मा हेलसिन्की ओलम्पिकमा भारतले व्यक्तिगत स्पर्धामा जितेको कांस्य पदक बिक्रीका लागि राखिएको हो।

भारतका पहिलो व्यक्तिगत स्पर्धाका ओलम्पिक पदक विजेता के. जाधवको परिवारले उनले जितेको पदक बिक्रीमा राखेका हुन्।जाधवका परिवारले आफ्ना अग्रज जाधवको स्मृतिमा कुस्ती एकेडेमी निर्माणका लागि रकम जुटाउन पदक बिक्रीमा राखेको हो।

जाधवका छोरा रञ्जितले एकेडेमी निर्माणका लागि विभिन्न निकायमा आग्रह गर्दा समेत बेवास्ता गरेपछि बाबुको पदक बिक्रीमा राखेको बताए। ‘बुवाले जितेको कांस्य पदक लिलामीमा राख्नु हाम्रा लागि पीडादायी छ तर, उहाँको स्मृतिमा एकेडेमी बनाउन हामीसँग पुँजी छैन। पहिले घोषणा गरेर पनि राज्य सरकार पछि हटेपछि बाध्य भएर हामीले यो निर्णय लिएका हौं', रञ्जितले भने।

सन् २००९ मा आयोजना भएको कुस्ती प्रतियोगितामा महाराष्ट्रका तत्कालीन खेलमन्त्री दिलीप देशमुखले जाधवको स्मृतिमा सतारा जिल्लामा कुस्ती एकेडेमी निर्माण गर्ने घोषणा गरेको रञ्जितले बताए।

खेलमन्त्रीले एकेडेमी निर्माणका लागि सम्पूर्ण खर्च राज्य सरकारले बेहोर्ने घोषणा गरेका थिए। तर आठ वर्षपछि पनि राज्यबाट कुनै काम नभएपछि जाधवको परिवार पदक बेचेरै भए पनि एकेडेमी बनाउने अभियानमा लागेको रञ्जितले सञ्चारमाध्यमलाई जानकारी दिए । उनका अनुसार सन् २०१३ मा एकेडेमीका लागि एक करोड ५८ लाख रुपैयाँ बजेट विनियोजन गरिए पनि काम सुरु हुन सकेको छैन।

के. जाधवले २७ वर्षको उमेरमा भारतका लागि पहिलो व्यक्तिगत पदक जितेका थिए। राष्ट्रलाई ऐतिहासिक पदक दिलाए पनि अन्तरमुखी स्वभावका कारण उनले आफ्नो उपलब्धिको प्रचारप्रसार भने गरेनन्। ओलम्पिक पदक जितेपछि उनी गुमनामझैं भए । सोही कारण सन् १९८४ मा निधन भएपछि मात्र उनले प्रतिष्ठित अर्जुन पुरस्कार पाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.