समयमा काम नगर्ने ठेकेदार कारबाहीमा

समयमा काम नगर्ने ठेकेदार कारबाहीमा

पोखरा: पर्वत, स्याङ्जा र कास्की जिल्लाको बीचमा पर्ने पञ्चासेमा भ्यु टावर निर्माणका लागि दिइएको ठेक्का समयमा नसकेपछि जिल्ला प्राविधिक कार्यालय कास्कीले निर्माण व्यवसायीलाई कारबाही गरेको छ। जरिवानासमेत लगाउँदै कार्यालयले ठेक्का सम्झौता रद्द गरेको हो।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट पञ्चासेमा भ्यु टावरका लागि बजेट आएको थियो। जिल्ला प्राविधिक कार्यालयले टावर निर्माण गर्न ४८ लाख ६३ हजारमा पुष्केश्वर महादेव कन्स्ट्रक्सनलाई २०७० असारमा ठेक्का लगाएको थियो। तर, २०७४ असारसम्म पनि काम फत्ते नभएपछि चालू आर्थिक वर्ष सुरु हुनु केही दिनअघि निर्माण कम्पनीलाई कारबाही गरिएको प्रमुख जिल्ला इन्जिनियर नारायण बरालले जानकारी दिए।

ठेक्का सम्झौताअनुसार नसकिएका निर्माण पटकपटकको ताकेतापछि गएको असारभित्र पूरा गर्ने प्रतिबद्धता कम्पनीले गरेको थियो। तर, त्यो प्रतिबद्धता पनि पूरा नभएकाले कारबाही गर्नुपरेको बरालले प्रष्ट भने। 'पत्राचार भएको थियो, पत्रिकामै सूचना पनि निकालिएको थियो', बरालले भने, 'तर पनि काम पूरा भएन।'

सन्तोष जिसी स्वामित्वको ठेकेदार कम्पनीले ठेक्का सम्झौतापछि दुईपटक गरी ६ र ९ लाख रुपैयाँ लिइसकेको थियो। उसले गरेको कामको खर्च कटाई जरिवाना लगाएर प्राविधिक कार्यालय कम्पनीसँग पैसा असुलेको जानकारी पनि इन्जिनियर बरालले दिए। 'ठेकेदारले समयमा काम नसकेकाले पहिला स्टिमेट गरेभन्दा अब निर्माण खर्च बढ्छ। बढी लाग्ने खर्च पनि तिनै ठेकेदारबाट असुलिएको छ।

ठेकेदारले जम्मा गरिराखेको कार्यसम्पादन सुनिश्चितता बापतको रकम बैंकबाट सिधै प्राविधिक कार्यालयको खातामा तानिएको इन्जिनियर बरालले बताए। टावरका लागि केही पूर्वाधार निर्माण गरिसकेका ठेकेदारको खर्च कटाई ९ लाख रुपैयाँ असुल भएको उनले सुनाए।

'अझै एक लाख ७२ हजार असुल गर्नुपर्ने देखिएको छ', उनले भने, 'फेरि काम सुचारु गर्नुपर्‍यो भने त्यति पैसा बढी लाग्ने देखिन्छ।'
निर्माण कम्पनीले राख्ने बैंक ग्यारेन्टीबाट कार्यालयले सोझै पैसा असुल्न सक्ने हुँदा सोहीअनुसार रकम तानिएको बरालले बताए। ग्यारेन्टीबाहेक पनि ठेकेदार कम्पनीले कार्य सम्पादन जमानत भनेर ठेक्काको ५ प्रतिशत राखेको हुन्छ।

उक्त ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाउने तयार गरिएको छ। 'सबै कागजातसहित पत्राचार गर्दैछौं', उनले अन्नपूर्णसँग भने। धार्मिक र पर्यटकीयस्थल पञ्चासे पोखरा आसपासमा सबैभन्दा अग्लो पहाड हो।

पर्यटकलाई उक्त ठाउँमा आकर्षिक गर्ने पूर्वाधारका लागि टावर निर्माण गर्न लागिएको थियो। इन्फो ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाउने तयार गरिएको छ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.