'लगानीयोग्य पुँजी पर्याप्त छ'

'लगानीयोग्य पुँजी पर्याप्त  छ'

काठमाडौं: ज्योति विकास बैंकलाई अग्रणी विकास बैंकको रूपमा विकास गर्ने लक्ष्यका हामी अगाडी बढेका छौं।उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने बैंकको रूपमा हामी बैंकलाई स्थापित बनाउन चाहन्छौं।लघु, साना तथा मझौला कर्जा (एमएसएमई), युवा व्यावसायिक कृषि कर्जा प्रवाहमा हामी बढी केन्द्रित छौं।

बैंकबाट व्यावसायिक कृषि क्षेत्रमा लगानी विस्तार गरी ग्रामीण उत्पादन तथा सहरी उपभोक्ताबीच सह–सम्बन्ध राख्न कृषि उत्पादन तथा कृषिजन्य उद्योगमा लगानी विस्तार गर्ने कार्यक्रम राखेका छौं। त्यस्तै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिअनुरूप लघुवित्त तथा कृषि लगानीलाई विस्तार गर्न लागेका छौं।साथै विश्वमा देखा परिरहेको जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने उपायस्वरूप सानै रूपमा भए पनि जलविद्युत् उत्पादन क्षेत्रका नदीको जलाधार क्षेत्रमा ज्योति लघुवित्त सेवा विस्तार गर्न लागेका छौं।

अन्य बैंक तथा वित्तीय संस्था गत वर्ष क्रेडिट क्रन्चको उच्च मारमा परे पनि हामी सहज थियौं।अहिले हाम्रो कर्जा निक्षेप पुँजी (सीसीडी रेसियो) अनुपात ६८ प्रतिशत छ।बैंकसँग तुरुन्तै कर्जा प्रदान गर्ने क्षमता छ।मैले २०७१ मा बैंकको सीईओ सम्हाल्दा ६ करोड रुपैयाँमा सीमित रहेको नाफा तीन वर्षमा बढेर २५ करोड रुपैयाँ पुगेको छ।

चार प्रतिशतको हाराहारीमा रहेको निस्क्रिय कर्जा अहिले एक प्रतिशतभन्दा तल छ।विद्यमान प्रतिस्पर्धात्मक बैंकिङ बजारमा विकास बैंकका सीमित अवसर र चुनौतीको सामना गर्दै बैंकले चालू आवमा १५ अर्ब निक्षेप संकलन र १४ अर्ब कर्जा लगानी गर्ने लक्ष्य लिएको छ।

७४ करोड चुक्ता पुँजी रहेको बैंकले जिरी सानो खोला जलविद्युत् आयोजनाका लागि ४२ करोड ऋण दिइसकेको थियो।दुई दशमलव चार मेगावाट विद्युत् उत्पादन गर्न बैंकले सहवित्तीयकरण गरेको हो।१० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाका लागि एक करोडसम्म ऋण दिने व्यवस्थाले गर्दा वाणिज्य बैंकबाट ऋण ४२ करोड ऋण लिएर उक्त आयोजना सम्पन्न गरिएको हो।बैंकले झिमरुक जलविद्युत् आयोजनामा पनि लगानी गरेको छ।

 अन्य बैंक तथा वित्तीय संस्था क्रेडिट क्रन्चको मारमा परे पनि हामी सहज थियौं।अहिले बैंकको सीसीडी रेसियो ६८ प्रतिशत छ।बैंकसँग तुरुन्तै कर्जा प्रदान गर्ने क्षमता छ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार चुक्ता पुँजी निर्धारित समयमा पुर्‍याउनेछ। २०७१ सालसम्म ७४ करोड चुक्ता पुँजी रहेको बैंकले झिमरुक विकास बैंकसँगको मर्जरपश्चात बैंकको चुक्ता पुँजी एक अर्ब १० करोड पुगेको छ। बैंकले १:१ दरले हकप्रद सेयर जारी गरी दुई अर्ब २० करोड चुक्ता पुँजी पुर्‍याउन लागेको छ।

राप्तीभेरी विकास बैंक (१६ करोड चुक्ता पुँजी) लाई प्राप्ति गर्न नियामक निकाय राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति लिइसकेको छ।२०७४ को मुनाफाको बोनस सेयर वितरण गर्दा बैंकको चुक्ता पुँजी दुई अर्ब ५० करोडभन्दा माथि पुग्नेछ।बैंकका करिब एक लाख ग्राहक छन्।

हालसम्म १० अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन भएको छ भने नौ अर्ब १३ करोड कर्जा लगानी छ।बैंकले सुविधासहितको आवास कर्जा, जलविद्युत् क्षेत्रमा स्थानीय रोजगारी तथा पर्यावरणका लागि लघुवित्त कर्जा, सेयर कर्जा, हायर पर्चेज कर्जा, व्यापारिक कर्जा, व्यक्तिगत कर्जा, प्रोफेसनल लोनजस्ता कर्जा सेवा उपलब्ध गराएको छ।

बैंकले १२ प्रतिशत ब्याज मुद्दतिमा र सात प्रतिशत बचतमा निक्षेप संकलन गर्दै आएको छ।बैंकमा संस्थागतभन्दा व्यक्तिगत निक्षेपकर्ता बढी छन्।बैंकमा नेपाल सरकारका सक्षम सार्वजनिक संस्थानको निक्षेप पनि छ। यसको अर्थ हामीसँग लगानीयोग्य पुँजी छेलोखेलो छ।

२०६५ साल साउन ९ गते स्थापना भएको ज्योति विकास बैंक १०औं वर्षमा प्रवेश गरेको छ।स्थापनादेखि नै ग्राहक सेवामा समर्पित बैंकले पश्चिममा जाजरकोट र पूर्वमा खोटाङसम्म ३२ वटा शाखामार्फत ग्राहकलाई सेवा दिइरहेको छ।

झिमरुक विकास बैंकसँग २०७३ साउन २८ गते मर्जरको एकीकृत कारोबार सञ्चालन भएपश्चात प्यूठान जिल्लामा मात्रै पाँचवटा शाखा सञ्चालनमा छन्।त्यस्तै पवित्र धार्मिकस्थल देवघाट र प्यूठान जिल्लाको स्वर्गद्वारी प्रवेश गर्ने फेदी भिंगृमासमेत गरी बैंकले १४ वटा एटीएम मेसिन सञ्चालन गरेको छ।यस वर्ष बैंकले आठवटा एटीएम मेसिन थप गर्ने योजना बनाएको छ।

बैंकले गत जेठ १७ गते सुनसरी जिल्लाको रामधुनी नगरपालिकाको झुम्का, सुर्खेतको सुर्खेत बजार र दाङको घोराहीमा एकैपटक तीनवटा शाखा सञ्चालनमा ल्याएको थियो।बैंकको सञ्जाल देशव्यापी रूपमा सातै प्रदेशमा पुर्‍याउने योजनासहित उपयुक्त स्थान पहिचान गरी चाँडै नै आठवटा शाखा र एउटा एक्सटेन्सन काउन्टर विस्तार गर्ने कार्य अघि बढिरहेको छ।

नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने कार्य अन्तिम चरणमा रहेकाले सो प्राप्तिपश्चात बैंकमा पाँचवटा शाखा थपिन्छन्। बैंकले यसै आवभित्र ५० वटा शाखा पुर्‍याउने लक्ष्यसहित कार्य सम्पादन गरिरहेको छ।

कार्यमा रूपान्तरण गर्न हामीले जतिसक्दो चाँडो धेरै ग्राहकसमक्ष पुग्न शाखा विस्तार, अत्याधुनिक प्रविधिको उपयोग, एटीएम स्थापना तथा आकर्षक सुविधा ग्राहकलाई उपलब्ध गराउने सोच बनाएको छ।

आधुनिक प्रविधिबाट इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, टेलिफोन तथा मोबाइलको बिल आदि भुक्तानी, एबीबीएस सेवा तथा एटीएम कार्डमार्फत नेपाल तथा भारतमा बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छौं। हाल एससीटी डेबिट कार्ड उपलब्ध गराइ आएकोमा सम्भवतः असोजसम्म भिसा कार्डबाट कारोबार गर्ने बैंकको योजना छ।

ग्राहकको भावना र आवश्यकतालाई मध्येनजर गर्दै बालकल्याण बचत, जेष्ठ नागरिक सम्मान बचत, दम्पती बचत, कर्मचारी बचत तथा साधारण बचत जस्ता विभिन्न आकर्षक बचत कार्यक्रम बैंकले कार्यान्वयनमा ल्याएको छ। यसका अतिरिक्त रेमिटेन्स सेवा, विदेशी मुद्रा विनिमय सेवा, सेफ डेपोजिट लकर सेवा, आश्वालगायत सेवा बैंकले उपलब्ध गराएको छ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको सबै स्थानीय तहमा बैंक सुविधा पुग्नुपर्छ भन्ने नीतिअनरूप प्यूठान जिल्लामा पाँचवटा शाखामार्फत सेवा पुर्‍याइरहेका छौं।बैंकमा संलग्न जनशक्तिलाई अझ सीपयुक्त र मुस्कानसहितको सेवा प्रदान गर्न सक्षम बनाउन प्रशिक्षणको व्यवस्था गरेका छौं।त्यस्तै नमुना काम गर्ने शाखालाई प्रोत्साहित गर्ने अभिप्रायले कार्यसम्पादनको मूल्यांकन गरेका छौं।मूल्यांकनबाट वानेश्वर, बर्दिबास र पोखरा गरी तीनवटा शाखा उत्कृष्ठ ठहरिएका छन् भने तीन शाखा उत्कृष्ठ-उन्मुख छन्।

राष्ट्र बैंकबाटै लाइसेन्सप्राप्त बैंक भएर पनि नेपाल सरकारको खाता विकास बैंकमा नरहने, स्थानीय तहमा वाणिज्य बैंक जान नसकेका स्थानमा जानु पर्नेलगायत विभेदकारी नीतिले विकास बैंकलाई दुविधामा पारेको छ।

बैंकले व्यापारिक उद्देश्यका अतिरिक्त आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै सामाजिक योगदानमा संलग्न हुँदै आएका छांैं।महोत्तरीको बर्दिबासनजिक रहेको मुसहर बस्ती विकासका लागि धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्मित एकीकृत मुसहर बस्ति विकास कार्यका लागि उक्त फाउन्डेसनमार्फत सहयोग प्रदान गरेका छौं।

यस नवौं वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व निर्वाहअन्तर्गत गरिब असहाय व्यक्तिको हेरचाह, पालनपोषण तथा औषधोपचारमा कार्यरत संस्था मानव सेवा आ श्रमलाई लुगाधुने मेसिन खरिद गर्न दुई लाख ५० हजार सहयोग उपलब्ध गराउन लागेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.