एक सय ४५ सडक दुर्घटनामा एक सय ४५ जनाको मृत्यु
सिन्धुलीः बनेपा–सिन्धुली–बर्दीवास सडक खण्ड (वीपी राजमार्ग) सञ्चालनमा आएसंगै सडक दुर्घटनाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार साना मोड, घुमाउरो सडक, ठूला सवारी साधन र सवारी साधनको चाप बढेसंगै दुर्घटना पनि बढेको हो।
सिन्धुलीका प्रहरी प्रमुख उमाशंकर पंजियारका अनुसार वीपी राजमार्ग निर्माणदेखि हालसम्मको सात वर्षमा १ सय ४५ वटा सडक दुर्घटना भएका छन् । यस्ता साना ठुला दुर्घटनामा परी १ सय ४५ जनाको ज्यान गएको छ भने झण्डै सात सयको हाराहारीमा घाइते भएका छन् ।
‘सिन्धुलीको भिमान स्थित चुरे देखि नेपालथोक सम्मको करिब ९५ मिलोमिटर सडकमा वर्षेनी २० वटा बढी साना ठुला सडक दुर्घटना भएको पाइएको छ । जस अन्तर्गत १ सय ४५ वटा सडक दुर्घटना भएका छन्,’ पंजियारले बताए।
जिल्लामा गत आर्थिक वर्ष २०७३/०७४ मा मात्र वीपी राजमार्गमा ३६ वटा सवारी दुर्घटना भएका छन। जसमा ३१ जनाको मृत्यु भएको छ भने ४७ जना घाईते भएका छन्।