श्रीमानको हत्या गरी भागेकी लालुमाया पक्राउ
बनेपा : काभ्रेको पनौती नगरपालिका २ स्थित ठाडेमा श्रीमानको हत्या गरेर भागेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
घरायसी विवादका कारण ३१ वर्षे श्रीमान सन्त बहादुर तामाङ्गलाई खुर्पाले हानेर हत्या गरेपछि श्रीमती लालुमाया भागेर माईत गएकी थिईन्। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार बुधबार श्रीमानको हत्या गरेर माईत भागेकी लालुमायालाई स्थानीयले बिहीबार बिहान नदेखेपछि उनको घरमा जाँदा श्रीमान मृत अवस्थामा भेटिएका थिए। त्यसपछि स्थानीयले घटनाका बारेमा प्रहरीलाई खवर गरेका थिए।
प्रहरीले अनुसन्धान गर्ने क्रममा लालुमायालाई नियन्त्रणमा लिएको थियो। उनलाई प्रहरीले माईतीघरबाटै नियन्त्रणमा लिएको हो। लालुमायाले घटना स्वीकार गरेको र अत्यधिक रक्तश्रावका कारण तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ।