इजरायलविरुद्धको सङ्घर्षमा लाग्न मुसलमान समुदायलाई इरानी सर्वोच्च नेताको आग्रह

इजरायलविरुद्धको सङ्घर्षमा लाग्न मुसलमान समुदायलाई इरानी सर्वोच्च नेताको आग्रह

तेहरान : इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सम्पूर्ण मुसलमान समुदायलाई इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह गर्नुभएको छ ।

प्यालेस्टाइन मुद्धा इश्लामिक समुदायको प्रमुख विषय भएको भन्दै उहाँले जहाँबाट जसरी हुन्छ त्यसैगरी इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह गर्नुभएको बताइएको छ ।

इरानी जनताको जमघटलाई राजधानी तेहरानमा सम्बोधनगर्दै खामेनीले उक्त सन्देश दिनुभएको समाचारमा जनाइएको छ । उहाँले भन्नुभयो “इश्लामिक धर्मशास्त्रले जहिले मुसलमानहरूको जमिन शत्रुले कब्जा गर्छ त्यहाँ सङ्घर्ष गर भनेको छ ।”

आजका दिनमा यहुदी शासन विरुद्धकोे लडाई मुसलमानको अधिकारका लागि कर्तव्य वा आवश्यक भएको छ भन्दै खामेनीले इश्लामिक राष्ट्रबीचको एकता अपरिहार्य भएकोमा पनि जोड दिनभएको समाचारमा उल्लेख छ ।

खामेनीले हरेक शुक्रबार राजधानी तेहरानमा प्यालेस्टिनी जनताको समर्थनमा हुने गरेका जुलुसहरुमा सहभागी भएर पनि यो दबाब सिर्जना गर्न उक्त समारोहमा आग्रह गर्नुभयो ।

हरेक शुक्रबार हुने जुलुसमा सहभागीले अमेरिका विरोधी नारा लगाउँदै इजरायलद्वारा निरन्तर प्यालेस्टिनी भू–भागमा कब्जा गरी बस्ती बसालेकोमा निन्दा गर्दै आएका छन् ।

उहाँले सो रयालीमा लाग्न पनि सबैलाई आग्रह गर्नुभएको तेहरानबाट प्राप्त समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.