हवाई कारबाहीमा महिला र बालबालिकासहित ४३ सर्वसाधारणको मृत्यु
दमासकस (सिरिया) : इस्लामिक स्टेट्स (आइएस)को नियन्त्रणमा रहेको उत्तरी र पश्चिमी सिरियामा भएका हवाई कारबाहीमा कम्ती ४३ सर्वसधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ।
सिरियाको पूर्वी प्रान्त देइर अल जोउरमा भएको हवाई कारबाहीमा कम्तीमा १४ सर्वसधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जानकारी दिएको छ।
यस अक्रमणमा १८ वर्ष मुनिका पाँच बालबालिकाको मृत्यु हुनुको साथै अन्य चार महिलाको मृत्यु भएको सो अधिकारवादी संस्थाले जानकारी दिएको छ ।
त्यसैगरी उत्तरी सहर राक्कामा बुधबार नै भएको अर्को हवाई आक्रमणमा कम्ती २९ व्यक्तिको मृत्यु भएको थियो । यी हवाई आक्रमणहरु अमेरिका आवद्ध थियो या रुस सो भन्ने बारेमा केही स्पष्ट भएको छैन । रासस/सिन्ह्वा